जानु पाण्डे, कपिलवस्तु ।
कपिलवस्तुको महाराजगंज नगरपालिकाका विद्यालयको प्रधानाध्यापकहरुले आधारभुत उमेर तह शत प्रतिशत भर्ना गराउने प्रतिवद्धता गरेका छन । विहीवार महाराजगंज स्रोत केन्दको प्रअ वैठकमा भर्ना अभियानलाई सघन रुपले लैजाने निर्णय गरेका छन ।
सवै बडामा ५—१२ उमेर समूहका बाल बालिकालाई विद्यालयमा ल्याउन वडाको उच्च विद्यालयको नेतृत्वमा भर्ना अभियान संचालन गर्ने योजना वनेको छ । सवै विद्यालय, समुदाय, संघ सस्था, वडा कार्यालय, विद्यालय व्यवस्थापन समितीको सहभागितामा घर दैलो गरी उमेर पुगेकालाई भर्ना गरीने महाराजगंज स्रोत केन्द्रका स्रोत व्याक्ती हरिराम गुप्ताले बताउनु भयो । वैसाख ३ गते बाट भर्ना अभियान सुरु गरीने छ । हाम्रो प्राथमिकता प्रत्येक घरमा पुगि बाल बालिका स्कुल गएको बा नगएको एकिन समेत गरीने हो । विद्यालय नगएको बाल बालिकाका अभिभावक लाई सम्झाई बुझाई शिक्षाको दायरामा ल्याउने गुप्ताले वताउनु भयो ।
अभियानलाई सफल बनाउनका लागी सवै वडा र स्थानिय निकायमा छलफल समेत गरीने वताईएको छ । शिक्षाको पहुचबाट केही बाल बालिका टाढा रहेता पनी उनिहरुलाई विद्यालय भर्नाका लागी वैकल्पिक कक्षाको व्यवस्था को लागी पहल गरीने प्रतिदद्धता भएको छ । बैठकमा सनसाईन सामाजिक विकास संस्थाका वच्चुलाल यादवले शत प्रतिशत भर्नाले यहाका शैक्षिक सुचांकलाई थप मजबुत वनाउने बताउनु भयो ।
२३ चैत्र २०७४ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया