८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

स्वस्थ शरीर बनाउन युवाको साइकल मोह !



अजय बर्मा, कपिलबस्तु ।
महिला र पुरुषमा हुने बिभिन्न रोगको निवारण साईकल चलाउनु हो भन्ने सचेतना फैलाउदै कपिलबस्तुका युवाहरु साईकल राईडिड्डमा उत्रिएका छन् । नेपालमा शारीरिक रूपले सक्रिय महिला पुरुषहरूमा असामयिक मृत्यु हुने सम्भावना बढी देखिएकाले साइक्लिङ गर्दा ३० प्रतिशतसम्म कम हुने र मुटु रोग, मधुमेह, क्यान्सर, स्ट्रोक आदि जस्ता दीर्घ रोगहरू विकसित हुने सम्भावनामा आधा भन्दा कम हुने हुदा जिल्लाका दर्जनौ युवाहरु सचेतना फैलाउद साइक्लिङ मा उत्रिएका हुन् ।
मुटु रोग विशेषज्ञ चिकित्सकहरुले आफू कहाँ मुटु रोग उपचारका लागि आउने धेरैजसो बिरामीलाई नियमित साइकल चलाउने सल्लाह दिन्छन् । साइकल चलाउनुलाई ‘काममै व्यायाम’ बताउँछन । शारीरिक रूपमा आफूलाई सक्रिय राख्न मर्निङवाक, जगिङ, दौड, पौडी, पैदल हिँडाइ, ट्रेड मिलमा हिँडाइलगायत जुनसुकै तरिका अपनाउन सकिन्छ । तर साइक्लिङको विशेष महत्त्व के छ भने, यो सबैका लागि उपलब्ध र उपयुक्त हुनुको साथै यसमा व्यायाम सँगै कार्य सम्पादन समेत हुन्छ । यसले तपाईंको शक्ति, सन्तुलन र समन्वय बढाउँछ भन्ने सल्लाह पाएपछि कपिलबस्तु नगरपलिकाका बिकाश त्रिपाठीले कपिलबस्तुमा साइक्लिङको शुरुवात गर्दै अहिले दर्जनौ युवा महिला पुरुषहरुलाई जोडेको बताएका छन् ।
नियमित साईकल चलाउँदा मुटु र रक्त नलीसम्बन्धी स्वास्थ्य राम्रो हुने, शरीरको बोसोको स्तर कम हुने, जोर्नीको गतिशीलता बढ्ने, चिन्ता र उदासीपना कम हुने, शारीरिक र मानसिक स्वास्थ्य राम्रो बनाउँने, मांसपेशीको शक्ति र लचिलोपन बढाउँने यस्तै मोटोपना घटाउनुका साथै तौल नियन्त्रण गर्ने, तनावको स्तर घटाउँने ,हाड बलियो बनाउँने र धेरै रोगबाट जोगाउँने हुदा साइक्लिङ तर्फ लागेको अर्जन बर्माले बताए ।
यस्तै जोर्नीको समस्या भएकाहरू, शारीरिक सन्तुलनको समस्या वा अति वृद्घबाहेक हरेक व्यक्तिले साइकल चलाउन सक्छन् । डाक्टरका अनुसार, मुटु रोगी, उच्च रक्तचाप भएकाहरू, मधुमेहका रोगी, हृदयाघात भइसकेकाहरू लगायत सबै खाले व्यक्तिले सुरक्षित तरिकाले साइकल चलाउन सक्ने हुदा हामी बिभिन्न स्थानमा जागरुकता फैलाउदै हिडेको दिनेश हमाले बताए ।
साइकल चलाउँदा शरीरका सबै मांसपेशीहरू सक्रिय मात्र नभएर यसको उपयोगसमेत हुन्छ । यसअन्तर्गत हामीले प्याडल चलाउने भएकोले खुट्टाको मांसपेशी सबैभन्दा बढी सक्रिय हुन्छ । यति मात्र नभई पेट, पिठ्युँ, हात लगायतका मांसपेशीहरू समेत सक्रिय हुनु का साथै साइकल चलाउनुले सम्पूर्ण शरीरलाई शक्ति प्रदान हन्छ भने चिकित्सकहरुको भनाई छ ।

प्रकाशित मिति : २२ चैत्र २०७४ बिहिबार ००:००  ३ : ५२ बजे