८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

वाणगंगामा महासंघको भवन शिलन्यास



विकास थापा, कपिलवस्तु ।
नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले मुलुक आर्थिक समृद्धीका लागि अघि वढ्दा नेपालका पत्रकारहरुले पेशागत रुपमा स्थिरता पाउने वताउनु भएकोछ ।
नेपाल पत्रकार महासंघ बाणगंगाको सुचना केन्द्र भवन सिलन्यास गर्दै उहाले त्यस्तो वताउनु भएको हो । उहाँले सूचना केन्द्र बनेपछि यस क्षेत्रका पत्रकार र आम नागरीकको सूचनामा पहँुच वढ्ने उहाले विश्वास प्रकट गर्नुभयो ।
भवन सिलन्यास कार्यक्रमपछि बोल्दै शाखा अध्यक्ष डिलाराम भुसालले निर्माण कार्य छिटटै पुरा हुने विश्वास प्रकट गर्नु भयो । उहाले बाणगंगा नगरपालिका र नेपाल सरकारवाट प्राप्त सहयोग एवम स्थानीयको आर्थिक तथा भौतिक सहयोगमा भवन वन्ने जानकारी दिनु भयो ।
भवन निर्माणका लागि बाणगंगा नगरपालिकाले चालु आर्थिक वर्षमा ९ लाख वजेट दिएकोछ भने अर्काे वर्ष करिव २० लाख वजेट दिने प्रतिवद्धता मेयर उपमेयरले जनाउनु भएको छ ।
नेपाल सरकारले सूचना केन्द्रकालागि यसपाली ५ लाख वजेट दिएकोछ । यो संगै वाणगंगा ८ को वोडगाउमा पत्रकार महासंघको सूचना केन्द्रको भवन निर्माण पुरा हुने भएको हो । वडाध्यक्ष गुणानिधी भुसाल लगायतका स्थानीय अगुवा समाजसेविको पहलमा महासंघको भवन वनाउन जग्गा उपलब्ध भएको हो ।
भवन सिलन्यास समारोहमा प्रेस काउन्सीलका वोर्ड सदस्य संगीता खड्का, पत्रकार महासंघका ५ नम्वर प्रदेश संयोजक बसन्त गिरी, पत्रकार महासंघ पूर्व अध्यक्ष भेषराज पाण्डे,वडाध्यक्ष गुणनिधी भुसाल सहितका अगुवा पत्रकारको उपस्थिती थियो । सो कार्यक्रममा स्थानीय नागरीकको समेत उपस्थिती थियो ।

प्रकाशित मिति : २२ चैत्र २०७४ बिहिबार ००:००  ३ : ४५ बजे