मायादेवी अनलाइन, भैरहवा ।
यही शुक्रवार र शनिवार भैरहवामा हुने लुम्बिनी निमार्ण ब्यबसायी संघको १५ औ साधारण सभा तथा ११ औ अधिबेसनका लागि निमार्ण ब्यबसायीहरु चुनावी दौडधुपमा लागेका छन् ।
सर्वसम्वत नयाँ नेतृत्व चयन नहुने भएपछि ब्यबसायीहरु चुनावी प्रतिस्पर्धामा लागेका हुन् । अधिबेशनमा ब्यबसायीहरु दुईप्यानलमा उम्मेदवारी दिने चर्चा सम्वद्ध ब्यबसायीहरु बिच छ ।
आज भैरहवामा पत्रकार सम्मेलन गरी बर्तमान कोषाध्यक्ष दामोदर शर्मा घिमिरे नेतृत्वमा एउटा प्यानल सार्वजनिक भएको छ । घिमिरेको अध्यक्ष रहेको प्यानलबाट प्रथम उपाध्यक्षमा कृष्ण पन्थी, द्धितिय उपाध्यक्षमा दिपक शाही, महासचिवमा बिनय ज्ञवाली, सचिवमा प्रयाश खड्का, कोषाध्यक्षमा प्रितम रौनियार र सहकोषाध्यक्षमा रोशन खनालले उम्मेदवारी दिनुहुने भएको छ ।
निमार्ण ब्यबसायी संघमा २ सय ९९ सदस्य छन् । यि मध्ये पूर्व पाँच अध्यक्ष मध्ये ४ अध्यक्षको आफुलाई समर्थन रहेको र सक्षम तथा अनुभवीहरुको टिम रहेकोले जित सुनिश्चित रहेको अध्यक्षका प्रत्यासी शर्माले बताउनुभयो ।
आफु निर्वाचित भएमा संघले हाल संचालन गर्दै आएको एम्वुलेन्स पुरानो भएको र त्यसको सट्टा नयाँ एम्बुलेन्स भित्र्याएर संचालन गर्ने पहिले काम हुने हुने बताउुनभएको छ ।
केही बर्ष यता संघको सचिवालय तथा संघ ब्यबस्थित रुपमा संचालन हुन नसकेको जिकिर गर्दै उहाले सचिवालयलाई ब्यबस्थित गरी निमार्ण क्षेत्रमा देखिएका समस्या समाधानका लागी आफु योजनाबद्ध रुपमा लाग्ने दाबी गर्नुभयो ।
जिल्ला दररेट निर्धारण, अरु संघसंस्थाहरुको सहकार्य तथा साना र ठुला निमार्ण ब्यबसायी बिच रहेको खाडल कम गर्न प्रभावकारी रुपमा काम गर्ने समेत उहाले बताउनुभयो ।
निमार्ण ब्यबसायी सवै निमार्ण ब्यबसायीहरुको साझा संस्थाको रुपमा बिकास गर्दै सवै निमार्ण ब्यबसायीहरुलाई न्यायोचित र समानरुपमा अगाडी बढाउन आफ्नो टिमले काम गर्ने महासचिवका उम्मेदवार बिनय ज्ञवालीले बताउनुभयो ।
प्रतिक्रिया