मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तु उद्योग वाणिज्य संघले अहिले क्षेत्रगत समिति विस्तारलाई तिव्र पारेको छ । संघको तेस्रो अधिवेशन पश्चात संघले क्षेत्रगत समितिलाई तिव्रता दिएको हो । यसैबीच पिपरा क्षेत्रमा पनि समिति गठन भएको छ । पिपराका व्यवसायि धर्मराज घिमिरेको संयोजकत्वमा ९ सदस्यिय क्षेत्रगत समिति गठन भएको बताइएको छ । उक्त गठन कार्यक्रममा संघका उद्योग उपाध्यक्ष छविलाल रेश्मी मगर, सचिव मनोज पौडेलको उपस्थिती रहेको थियो । कार्यक्रमको अध्यक्षता संघका कार्यसमिति सदस्य दामोदर पंथीले गर्नुभएको बताइएके छ ।
२२ चैत्र २०७४ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया