लक्ष्मण पोेखरेल, बुटवल ।
रुपन्देहीका व्यवसायी बसन्त पौडेल बलु हत्याका सुटरलाई प्रहरीले पक्राउ गरेको छ । यसअघि नै विवेक नामबाट पहिचान भएका सुभास गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । गत पुस २१ गते पौडेलको देवदहस्थित आफ्नै उद्योगमा बसिरहेको समयमा गोली प्रहार गरी हत्या गरिएको थियो ।
प्रहरी इन्काउन्टरमा मारिएका मनोज पुनको योजनामा पौडेलको हत्या गर्ने लमजुङको बाङग्रे गाउपालिका घर भई पोखरा रामबजार बस्ने सुभास गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । मनोज र ओम आलेको इन्काउन्टरपछि प्रहरीले घटनामा संलग्न व्यक्तिको प्रहरीले खोजी गरिरहेको थियो ।
गुरुङलाई मंगलबार पोखराबाट पक्राउ गरिएको रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीले बताए । उनले मनोज पुनसंग सम्बद्ध सबै अपराधहरुको जालो तोड्न प्रहरीले अनुसन्धान गरिरहेको भन्दै अन्य अभियुक्तहरुलाई तत्काल पक्राउ गरिने बताए ।
पौडेल हत्यामा संलग्न पदम चौधरी र महिन्द्रनारायण चौधरीलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ । घटनाका मुख्य योजनाकार मनोज पुन र सहयोगी सोम आलेको भने फागुन ९ गते देवदहमै प्रहरी इन्काउन्टरमा मृत्यु भएको थियो ।
२१ चैत्र २०७४ बुधबार ००:००
0
Shares
प्रतिक्रिया