मायादेवी अनलाइन, रुपन्देही ।
नेपाल सरकारका उपसचिवले ‘सुसाइड नोट’ लेखेर आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार प्रदेश नम्बर पाँच अन्तर्गत उद्योग मन्त्रालयमा कार्यरत ४७ वर्षीय उपसचिव विष्णुहरि अर्यालले आफ्नै कोठामा झुण्डिएर आत्महत्या गर्नुभएको हो ।
चितवन घर भएका उपसचिव अर्यालले कोठामा लेखेर छोडेको ‘सुसाइड नोट’मा ‘आफू डिप्रेसनको बिरामी रहेको र आफूखुशी आत्महत्या गरेको हुँ’ भन्ने लेखिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।
अर्याल सिद्धार्थनगर नगरपालिका – ८ मा रहेको घरेलु तथा साना उद्योग कार्यालयको गेष्ट हाउसमा बस्दै आउनुभएको थियो ।
२१ चैत्र २०७४ बुधबार ००:००
0
Shares
प्रतिक्रिया