सरिता थारु, गजेहडा ।
बाणगंगाका नगर उपप्रमुख चक्रपाणी अर्यालले गजेहडा बजार व्यवस्थित तरिकाले संचालन गर्न नगरपालिका प्रतिबद्ध रहेको बताउनुभएको छ । मंगलबार कपिलबस्तु उद्योग बाणिज्य सघंको क्षेत्रगत उपसमितीको भेलामा बोल्दै नगर उपप्रमुख अर्यालले यस्तो बताउनु भएको हो । उहाँले यस नगर भित्र अझै पनि विना दर्ता धेरै व्यवसायहरु संचालनमा रहेको भन्दै आफ्ना पसल दर्ता गर्न आग्रह समेत गर्नुभयो ।
उद्योग बाणिज्य सघंका अध्यक्ष उमानाथ पौडेलले पसल व्यवसाय दर्ता गरि करको दायरामा आउन सबै व्यापारी व्यवसायिलाई आग्रह गर्नुभयो । उहाले विना दर्ता पसल व्यवसाय संचालन गरे उद्योग बाणिज्य सघंले कारबाहीको दायरामा ल्याउने चेतावनी दिनुभयो । उहाँले जुन व्यवसाय दर्ता गरिएको हो सोही व्यवसाय संचालन गर्न पनि व्यवसायीलाई आग्रह गर्नुभएको छ ।
खुल्ला सिमानाका कारण नेपालमा भित्रिरहेको अखाद्य तथा गुणस्तरहिन बस्तुको विक्री वितरणमा रोक लगाउनु पर्ने बताउँदै उहाँले कृषि तथा स्वदेशी उत्पादनलाई प्रबद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रम उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष देबी प्रसाद पाण्डेको संचालन, खगेन्द्र घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो । सम्पन्न भेलाले टेकराज न्यौपानेको संयोजकत्वमा ११ सदस्यीय क्षेत्रगत उपसमिती समेत गठन गरेको छ । भेलामा करिब १ सय विभिन्न व्यवसाय गरेका व्यवसायीहरुको उपस्थिती रहेको थियो ।
२१ चैत्र २०७४ बुधबार ००:००
0
Shares
प्रतिक्रिया