८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

भृकुटी माविमा जगंफुट र मोवाइलफोन निषेध !



नन्दराम पौडेल, बुद्धभूमि ।
इन्सेक र मानवअधिकार निगरानी समुहले बुद्धभूमि नपा ४ स्थित भृकुटी माविमा मंगलबार आयोजना गरेको विद्यार्थी र विद्यालयको सवालमा भएको बैठकले आठ बँुदे प्रतिबद्धता सहित विद्यालयलाई जगंफुट र मोवाइल फोन निषेध गर्ने सरोकारवालाले प्रतिबद्धता जनाएका छन ।

स्थानीय समुदायलाई सचेत पार्दै जिम्बेवार निकायलाई जवाफदेहि बनाउने पहल कार्यक्रम अन्तरगत आयोजित विद्यार्थी र विद्यालयको सवालको बैठकमा बालअधिकार चेतना समुह, विद्यालय ब्यवस्थापन समिति, शिक्षक अविभावक संघ, विद्यालयका प्रअ, शिक्षकहरु, वडा अध्यक्ष, वडा सदस्यहरु, मानवअधिकार निगरानी समुह समाजसेवी बुद्धिजिविहरु अविभावकले विद्यालयका समस्याका विषयमा छलफल गरेको र समाधानका लागी ८ बँुदे प्रतिबद्धता गरेका हुन ।

छलफल कार्यक्रममा सहभागीले विद्यालयमा शुद्ध खानेपानी प्रयाप्त नभएको, साना कक्षाका विद्यार्थीहरुले हेन्टपाइप चलाएर पानी खान समस्या रहेको र खानेपानीको लागि हेन्डपाइप एउटै भएको, विद्यालयमा विद्यार्र्थीले जंगफुट युक्त नास्ता खादा स्वास्थ्यमा असर पर्नुको साथै विद्यालयमा फोहर हुने गरेको, विद्यालयमा रहेका ट्वाइलेट हप्ताको एक दिन मात्र सफा गर्ने हुँदा ट्वाइलेट फोहर हुने गरेको, ट्वाइलेटमा पानी, सावुनसरफ नभएको, विद्यालय समयमा विद्यार्थीले मोवाइल फोन प्रयोग गर्दा अन्य विद्यार्थीलाई डिस्टव हुने गरेको र शिक्षकहरुले समेत पढाउदा पढाउँदै मोवाइल फोन उठाउने गर्ने गरेको, शिक्षक, विद्यालय ब्यवस्थापन समितिका प्रतिनिधिहरुले आफ्ना छोराछोरीलाई निजि बोडिगं स्कुलमा पढाउने हुँदा सरकारी विद्यालयको गुणस्तरीय खस्केको लगायतका समस्या उठान गरेका थिए ।

समस्या समाधानका लागि कार्यक्रममा प्रमुख अथिती एव् वडा अध्यक्ष पवन थारुले विद्यालयका सवालमा उठेका समस्या समाधानमा विद्यालयले आफै गर्न नसक्ने समस्या नगरपालिकाले गर्ने प्रतिबद्धता जनाउनुको साथै खानेपानी तथा गुणस्तर शिक्षाका लागि प्रस्ताव दिन विद्यालय आग्रह गर्नु भएको थियो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रुद्धलाल बन्जाडेले विद्यालय स्तरवाट हुने सुधार तथा जगफुट निषेध, मोवाइल फोन निषेध खानेपानी र सरसफाइृका कुरा विद्यालय स्तरवाटै समाधान हुने बताउँदै ८बुँदे प्रतिबद्धता कार्यानवय गर्ने गराउने प्रतिबद्धता गर्नु भएको थियो ।

बैठकमा उठेका समस्या समाधानका लागि निम्न अनुसारका विषयमा सरोकारवालाहरुले प्रतिबद्धता जनाएका छन । जसअनुसार विद्यालय हाता भित्र जगंफुड निशेष गर्ने, विद्यालय परिषरमा सुतिजन्य पदार्थ निषेध गर्ने, विद्यालयमा विद्याथीले मोवाइल फोन ल्याउन नपाउने र शिक्षकले समेत पढाइरहेको अवस्थामा फोन नउठाउने, विद्यालयमा हरेक दिन सरसफाई गर्ने उक्त कार्यका लागि बालअधिकार चेतना समुहले अगुवाई गर्ने अटेर गर्नेलाई दण्ड जरीवाना गर्ने, प्रयाप्त खानेपानीको लागी नगरपालिका सगं समन्वय गर्ने लगायतका प्रतिबद्धपत्रमा हस्ताक्षर गरेका छन ।

बैठकमा निमित्त प्रअ गणेश त्रिपाठीले आठ बुँदे प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्नुको साथै कार्यान्वय गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । समाजसेवी एव् पुर्व गाविस अध्यक्ष रुपेश कुमार श्रेष्ठ, पुर्व विद्यालय ब्यावस्थापन समित अध्यक्ष कृष्ण भुसाल, समाजसेवी चिन्तामणी खनाल, बालअधिकार चेतना समुहकी अस्मिता खनाल, अन्जना केसी, शिक्षक दामोदर खनाल, मोतिराज खनाल लगायतले समस्या समाधानका लागि ८ बुँदे प्रतिबद्धता कार्यान्यमा जोड दिएका थिए । उक्त आठ बुँदे प्रतिबद्धातामा सवै सरोकारवालाले हस्ताक्षर गरेका थिए ।

बैठक निगरानी समुहका संंयोजक भोजराज पोखरेलको अध्यक्षता इन्सेक सहजकर्ता नन्दराम पौडेको संचालनमा सम्पन्न भएको थियो । सो बैठकको निगरानी समुह सचिव अम्बिका खनालले स्वागत गर्नु भएको थियो । बैठकमा सबै सरोकारवाला गरी करिव ५० जनाको सहभागी रहेको थियो ।

प्रकाशित मिति : २१ चैत्र २०७४ बुधबार ००:००  १ : ३७ बजे