मायादेवी अनलाइन, कपिलवस्तु ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष प्रेम सेन्चुरीले आफुहरुको मुख्य मुद्धा सुनचादीको सहज उपलब्धता र राज्यवाट सुरक्षाको प्रत्याभूती भएको वताउनु भएकोछ । उहाँले हामी कानुनले तोकेका कर तिर्छाै कानुनको अक्षरस पालना गर्न दृढ छौ । तर हामी असुरक्षित हुनु भएन सेन्चुरीले भन्नुभयो । सुनचादी ब्यवसायी संघ वाणगंगाको प्रथम अधिबेशन तथा पाचौं साधारणसभाको समुदघाटन गर्दै उपाध्यक्ष सेन्चुरीले त्यस्तो वताउनु भएको हो । विगतमा भन्दा धेरै सहजता र सुरक्षा महशुस हुन थालेको प्रसंग कोटयाउदै अव कुनै प्रकारको अस्थिरता नहुनेमा सरकारले सुनिश्चितता पैदा गर्नु पर्ने स्पष्ट पार्नु भयो ।
कार्यक्रममा शुभकामना मन्तब्य राख्दै वाणगंगाका उपमेयर चक्रपाणी अर्यालले सुनचाँदी ब्यवसायीले स्थानीय सरकारसंग आफ्ना गुनासा राख्न र सुझाव सल्लाह दिन सहज भएको भन्दै यो पेशालाई अझ मार्यादित र भरपर्दाे वनाउनु पर्ने तर्क गर्नुभयो ।
सो अधिबेशनको उदघाटन शत्रमा सुनचाँदी ब्यवसायी संघका केन्द्रिय नेता देवि वर्मा, विक्रम सुनार र पत्रकार महासंघका पूर्व अध्यक्ष एवम बुद्ध आवाजका ब्यवस्थापक भेषराज पाण्डेले सफलताको शुभकामना दिनु भएको थियो ।
संस्थाका बाणगंगा नगरका अध्यक्ष नारायण शाक्यको अध्यक्षता उपाध्यक्ष दिलवहादुर खाती र सचिव रामु विश्वकर्माको संचालनमा भएको उदघाटन सत्रमा अािर्थक तथा संस्थागत प्रतिबेदन प्रस्तुत गरिएका थिए भने विभिन्न संघ सस्था र निकायका प्रतिनिधीले शुभकामना मन्तब्य राखेका थिए ।
२१ चैत्र २०७४ बुधबार ००:००
0
Shares
प्रतिक्रिया