८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

बुद्धभूमि : वाल विबाह मुक्त वडा बनाउने तयारी



मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुको बुद्धभुमी नगरपालिकाको बडा नं. २ बाल विबाह मुक्त बडा निमार्णको प्रकृयामा जुटेको छ । वडा कार्यालयमा मंगलबार वसेको सर्वपक्षिय वैठकले वाल विबाह मुक्त वनाउनका लागी जन मानसमा चेतना जगाउने कार्यक्रम निमार्ण गर्ने योजना अगाढी बढाएको छ । बाल मैत्रि नगर घोषणाको लागी अभियान चालेको बुद्धभुमी नगरपालिकाले बाल विबाह मुक्त बाल श्रम न्युनिकरणका लागी विषेश चासोको साथ अगाडी वढेको छ ।
वडा कार्यालयको आयोजनामा वसेको छलफलमा बोल्दै वडा अध्यक्ष भेषराज शर्मा खनालले बाल विबाह हुने पकेट क्षेत्र निधारण गरी सघन रुपमा कार्यक्रम लैजाने वताउनु भयो । कार्यक्रममा बोल्दै समाजसेवि विष्णु हरी आचार्यले वडामा हाल प्रेम विवाहका कारण बाल विवाह भई रहेको हुदा अभिभावकहरुले किशोर किशोरी अवस्थामा ध्यान दिनु पर्ने वताउनु भयो । कार्यक्रममा समाजसेवि नारायण प्रसाद भुसाल, पिताम्वर खनाल, कृष्ण प्रसाद भट्टराई, हिमलाल न्यौपाने, शुभलाल भुसाल लगायतले बाल विबाह मुक्त अभियानमा पुर्ण सहयोगका साथ सफल वनाउने वताउनु भयो ।
छलफलले बाल विबाह निगरानी समिती समेत गठन गरेको छ । वडा अध्यक्ष संयोजक रहेको समितीमा वडा सदस्य, थारु समुदायका वडघर, महिला स्वास्थय स्वयसेविका, बाल संजालका प्रतिनिधी र बडा वाल संरक्षण समिती रहने वताईएको छ । छलफलले चैत्र २२ गते बिहिवार बाल विवाह मुक्त बडा घोषणाको लागी प्रतिवद्धता गर्ने कार्यक्रम गर्ने निर्णय समेत गरेको छ ।
कार्यक्रममा सनसाईन सामाजिक विकास संस्थाका कार्यक्रम संयोजक शिवलाल यादव र कार्यक्रम अधिकृत धनेश्वरी घर्तिको सहजिकरण वडा सचिव नुमराज भुसालको संचालन र भेषराज शर्मा खनालको अध्यक्षतामा सम्पन्न भएको थियो । नगरपालिकका ३ बटा वडा अगिल्लो वर्ष वाल विबाह मुक्त घोषणा भई सकेका छन ।

प्रकाशित मिति : २१ चैत्र २०७४ बुधबार ००:००  १२ : ३९ बजे