सीताराम चौधरी, चन्द्रौटा ।
देशभर ६१औं राष्ट्रिय सहकारी दिवस मनाइरहेको बेला कपिलवस्तुको शिवराज नगरपालिका ५, चन्द्रौटा बजारमा शान्ति पदयात्रा निकाली सहकारी दिवस मनाइएको छ ।
शिवराज नगरपालिकाका सहकारी सञ्जालको आयोजना तथा शिवराज नगरपालिकाको सहयोगमा सहकारी दिवस मनाइएको हो । चन्द्रौटा चोकदेखि पश्चिम सशस्त्र चेकपोष्टबाट निकालिएको ¥याली चन्द्रौटा बजार परिक्रमा गरी कोणसभामा परिणत भएको थियो । “गाउँगाउँमा सहकारी घरघरमा भकारी”, “सुनौलो भविष्यको लागि बचत गर्ने बानीको विकास गरौं”, “मितव्ययी बनौं, नियमित बचत गर्ने बानी बसालौं” मुख्य नारासहित प्लेकार्ड, ब्यानरसहित निकालिएको ¥यालीमा शिवराज नगरपालिकाभित्रका सहकारी संस्थाका पदाधिकारी, शेयर सदस्यहरुको बाक्लो सहभागिता रहेको थियो । साथै कार्यक्रममा प्रदेशसभा सदस्य अर्जुनकुमार के.सी., शिवराज नगरपालिकाका जनप्रतिनिधि, समाजसेवी, बुद्धिजिवी, मानवअधिकारकर्मी, सुरक्षाकर्मीहरुको उपस्थिति रहेको थियो ।
शान्ति पदयात्रा पछि आयोजित कोणसभालाई सम्बोधन गर्दै कपिलवस्तु ३(१) का प्रदेशसभा सदस्य अर्जुन कुमार के.सी.ले सर्वसाधारणको जीवनस्तर उकास्न सहकारीको महत्वपूर्ण देन रहेकोमा जोड दिए । सहकारिताले गरीब, विपन्नहरुको जीविकोपार्जनमा ठूलो टेवा पु¥याएको स्पष्ट पारे साथै बेरोजगारलाई रोजगार बनाउन महत्वपूर्ण भूमिका खेलेको सभासद के.सी.ले बताए ।
यसैगरी कोणसभामा शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले बेरोजगारी समस्यालाई हटाउन सहकारीको ठूलो भूमिका रहेको बताए । उनले हरेक मानिसमा सहकारिताको भावना जागृत हुनुपर्ने बताउँदै गाउँगाउँमा सहकारी स्थापना गर्न पहल गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा अरनिको बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष एवं सहकारी सञ्जालका संयोजक दमन प्रसाद क्षेत्र ‘नारायण’ ले सहकारीको सुशासन, पारदर्शी र व्यवस्थापन पक्षमा ध्यान दिँदै व्यवस्थित तरिकाले अगाडि बढाउन सबै लागिपर्ने बताए । यसैगरी हिमपात कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष शिवराज सुवेदी, अरनिको बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष शरद अधिकारी लगायतले धारणा राखेका थिए ।
शिवराज नगरपालिकाभित्र रहेका कूल ३१ सहकारीमध्ये सञ्जालमा १८ वटा सहकारी आबद्ध रहेको सञ्जालका संयोजक दमन प्रसाद क्षेत्रीले बताएका छन् । उनले बाँकी रहेका १३ वटा सहकारी संस्थाहरुलाई समेत सञ्जालमा समेट्न पहल गर्ने जनाएका छन् ।
२० चैत्र २०७४ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया