सीताराम चौधरी, चन्द्रौटा ।
नेपाल आदर्श माविविरुद्ध जिल्लास्थित प्याब्सन र एनप्याब्सनले शिवराज नगरपालिकामा ज्ञापनपत्र बुझाएका छन् । प्याब्सन कपिलवस्तुका अध्यक्ष नरेन्द्र भुसाल र एनप्याब्सन कपिलवस्तुका अध्यक्ष अजय त्रिपाठीसहितको टोली नगरपालिका पुगी नगरप्रमुख नेत्रराज अधिकारीलाई ज्ञापन पत्र बुझाएका हुन् ।
शिवराज नगरपालिका १, शिवपुरस्थित नेपाल आदर्श माविले अंग्रेजी माध्यमबाट पठन पाठन गर्ने भन्दै मनोमानी ढंगले प्रमाण–पत्र विना विद्यार्थी भर्ना गरेको निजी विद्यालयका प्रिन्सिपलहरुको आरोप छ । शिक्षा ऐन २०२८ को परिच्छेद १५को बँुदा नं.७६‘ग’ विपरीत आदर्श माविले विद्यार्थी भर्ना गरेको उनीहरुको भनाई छ । लब्धाङ पत्र र स्थानान्तरण प्रमाणपत्र नलिई विधार्थी धामाधम भर्ना गरेको वताउँदै सो कार्य तत्काल रोक्न उनीहरुले माग गरेका छन् ।
प्याब्सन अध्यक्ष भुसाल र एनप्याब्सन अध्यक्ष त्रिपाठीद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा २४घण्टा भित्रमा शिक्षा ऐन विपरीत भएको भर्ना प्रक्रिया अविलम्ब फिर्ता गरी दोषीमाथि कारवाही गर्न नगरपालिकासँग माग गरिएको छ । अग्रेजी माध्यममा पढाउने वाहानामा विद्यालयले विद्यार्थीसँग चर्को शुल्क समेत लिएको ज्ञापन पत्रमार्फत उनीहरुले आरोप लगाएका छन् ।
ज्ञापन–पत्र बुभ्mदै नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले नेपाल आदर्श माविसँग छलफल गरी समस्या समाधान गरिने बताउनुभयो । निजी विद्यालयहरुको जायज मागप्रति आफू सकारात्मक रहेको वताउँदै नगरप्रमुख अधिकारीले विद्यालयसँग छलफल गरेर निकास खोज्ने आश्वासन दिनुभयो ।
१९ चैत्र २०७४ सोमबार ००:००
0
Shares
प्रतिक्रिया