८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

कृषि मन्त्री खनाललाई २१ किलोको माला !



मायादेवी अनलाइन, कृष्णनगर ।
कृषि, भुमि व्यवस्थापन तथा सहकारी मन्त्री चक्रपाणी खनाल तीन दिने जिल्ला भ्रमण पछि सोमबार काठमाण्डौ फर्कनुभएकोछ । शनिबार गृह जिल्ला कपिलवस्तु आउनुभएका मन्त्री खनाल सोमबार काठमाण्डौ फिर्ता नभएको मन्त्रीका स्वकिय सचिव सरोज खनालले जानकारी दिनुभयो ।
गृह जिल्ला कपिलवस्तु आउनुभएका मन्त्री खनाललाई जिल्ला स्थित विभिन्न संघ संस्थाले भव्य स्वागत गरेका थिए । शनिबार, आइतबार सम्मान तथा बधाई थाप्न व्यस्त रहनुभएका उहालाई सोमबार पनि विभिन्न स्थानमा सम्मान तथा स्वागत गरिएको छ । विहान संयुक्त बामगठबन्धन शिवराज नगरपालिकाले मन्त्री खनाललाई बधाई तथा सम्मान गरेको छ । कार्यक्रममा प्रदेशसभा सदस्य अर्जुन केशी, नगर प्रमुख नेत्रराज अधिकारी, उपप्रमुख शिवकुमारी थारु लगायतको उपस्थिती रहेको थियो ।
यस्तै दिउँसो मात्र संयुक्त बामगठबन्धन कृष्णनगरले उहालाई २१ किलोको मालाले सम्मान गरेको बताइएकोछ । कार्यक्रममा बोल्दै मन्त्री खनालले कृषि क्षेत्रमा लाग्ने किसानको लागि आफु सक्दो काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । कृषिको विकास विना देश समृद्ध बन्न नसक्ने भन्दै उहाले कृषिमा आधुनिकिरण गर्ने योजना अनुरुप मन्त्रालयमा काम भैरहेको जानकारी दिनुभयो । भुमि व्यवस्थापन मन्त्री समेत रहनुभएका उहाले सुकुम्बासी समाधान चाडै हुने दाबी गर्नुभयो ।
कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ बाट विजयी हुनुभएका मन्त्री खनालले चुनावको बेला बोलेका कुरा पुरा गरेर देखाउने स्पष्ट पार्नुभयो । अब नागरिकले अनुभूति गर्ने गरि काम गरेर देखाउने उहाले दाबी गर्नुभयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य अर्जुन केशी, माओबादी केन्द्रका पोलिटब्यूरो सदस्य गिरीधारीलाल न्यौपाने, पूर्व राज्यमन्त्री इश्वर दयाल मिश्र, नेता जावेद खा लगायतको उपस्थिती रहेको बताइएकोछ ।

प्रकाशित मिति : १९ चैत्र २०७४ सोमबार ००:००  ४ : ०० बजे