८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

वाणगंगामा छाला सम्बन्धि निशुल्क स्वास्थ्य शिविर



मायादेवी अनलाइन, कपिलवस्तु ।
वाणगंगा नगरपालिकाको स्वास्थ्य शाखाले छाला रोग सम्बन्धि निशुल्क स्वाथ्य शिविरको आयोजना गरेको छ । सोमबार देखि शुरु भएको निशुल्क स्वास्थ्य शिविर मंगलबार सम्म चल्नेछ । नगरपालिका भित्रका सर्वसाधारणलाई लक्षित गरि आयोजना गरिएको स्वास्थ्य शिविरमा छाला सम्बन्धि रोगको जाँच र औषधि वितरण गर्ने स्वास्थ्य शाखाका प्रमुख कृष्ण प्रसाद घिमिरेले जानकारी दिनुभयो । बार्षिक कार्यक्रम अनुसार उक्त शिविर आयोजना गरिएको उहाले बताउनुभयो ।
शिविरको सोमबार वाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारु, उपप्रमुख चक्रपाणी अर्याल, नगरका सामाजिक शाखा प्रमुख भिष्मराज भुसाल लगायतको टोलीले निरिक्षण गरेको छ । शिविर निरिक्षणको क्रममा सर्वसाधारणको उपस्थिती र छाला सम्बन्धि रोगको बारेमा उहाहरुले जानकारी लिनुभएको थियो ।
वाणगंगामा अहिले कुष्टरोग निवारणको कार्यक्रम सञ्चालन भैरहेको छ । कुष्टरोग छालाबाट लाग्ने भएको कारण यो रोगको पहिचानको लागि पनि शिविर आयोजना गरेको नगर स्वास्थ्य शाखाका प्रमुख कमल ज्ञवालीले जानकारी दिनुभयो । छाला सम्बन्धि रोगको परिक्षण गर्दा कुष्टरोग लागेका सर्वसाधारण भेटिने गरेको ज्ञवालीले बताउनुभयो । कुष्टरोगीलाई निशुल्क रुपमा उपचारको व्यवस्था गरिएको उहाले जानकारी दिनुभयो । स्वास्थ्य शिविरमा गएर आफ्नो स्वास्थ्यको चेकजाच गराउन उहाले सबै सर्वसाधारणलाई आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७४ सोमबार ००:००  ३ : ५४ बजे