बाबुराम रायमाझी, भलवाड ।
भूमि, कृषि र सहकारीलाई केन्द्रित गरी जनतालाई प्रत्यक्ष लाभ हुने किसिमका निति लिई कार्य गर्ने र राज्यले जलश्रोत, पर्यटन र कृषिमा लगानी गरी अगाडि बढाउने कुरा नयाँ किरण उपभोक्ता सहकारी संस्था लिमिटेड छैठौ साधारणसभा तथा सस्तो पसलको उद्घाटन समारोह बाणगंगा ९ भर्लावासमा कृषि सहकारी, भूमि व्यवस्था मन्त्री चक्रपाणि खनाल ‘वलदेव’ले प्रमुख अतिथिबाट सो कुरा वोल्नु भएको थियो ।
त्यस्तै ५ नं. प्रदेशका प्रदेश सांसद विष्णु पन्थीले सहकारी संस्थालाई उत्पादनमुखि बनाई कृषि प्रधान मुलुकका कृषकलाई आत्मनिर्भर बनाउने कुरामा जोड दिनुभयो । त्यस्तै सभामा शुभकामना मन्तव्य दिनेमा अर्घाखाँची शितगंगा नगरपालिका १३ का वडाध्यक्ष दुर्गा वि.सि., बाणगंगा ९ वडाध्यक्ष ध्रुव वेल्वासे, शितगंगा नगरपालिकाका उपमेयर टिका रेश्मी मगर, कृषि सहकारी संंघका केन्द्रिय सदस्य कुमार मधु वेल्वासे लगायतले वोल्नु भएको थियो ।
साथै आगामी ३ वर्षका लागि पुन भिम बहादुर पुनको अध्यक्षतामा ११ सदस्यिय नयाँ कार्यसमितिको चयन गरेको छ । जसको उपाध्यक्षमा शकुन्तला आचार्य, सचिवमा माधुरी ओली गिरी र अन्य सदस्यमा रहनु भएको छ । कार्यक्रम संस्थाका अध्यक्ष भिम बहादुर पुनको अध्यक्षता कृषि सहकारी, भूमि व्यवस्था मन्त्री चक्रपाणि खनालले प्रमुख अतिथ्यता ५ नं. प्रदेशका प्रदेश सांसद विष्णु पन्थीको विशिष्ट आतिथ्यता, प्रदेश सांसद फौजिया नसिव, पूर्व सांसद विश्राम प्रसाद थारुको आतिथ्यता रहेको कार्यक्रम संस्थाकी प्रवन्धक मोतिकला पुनको स्वागत रहेको कार्यक्रमको सञ्चालन विन्द्र गुरुंगले गर्नु भएको थियो ।
१८ चैत्र २०७४ आइतबार ००:००
0
Shares
प्रतिक्रिया