८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

कृषीमा आत्म निर्भरताका लागी भु–उपयोग निती आवश्यक : मन्त्री खनाल



हरि अधिकारी, कपिलवस्तु ।
देशमा कृषी उत्पादनमा बृद्धि ल्याउन भुमी निती र भुउपयोग निती आवश्यक रहेको कृषी भुमी व्यवस्थापन तथा सहकारी मन्त्री चक्रपाणी खनाल (बलदेव) ले बताउनु भएको छ । प्रेस सेन्टर नेपाल कपिलवस्तु र प्रेस चौतारी कपिलवस्तुले संयुक्त रुपमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै उहाँले उक्त बिचार व्यक्त गर्नुभएको हो । सो अवसरमा बोल्दै मन्त्री खनालले जग्गाको चक्लाबन्दीको कार्य अगाडी नबढाईए उत्पादनमा बृद्धि आउन नसक्ने उहाँको भनाई थियो । खेतीयोग्य जमिनको प्लटिङ्गका नाममा बढदो खण्डिकरण रोक्न भुमी निती र भुउपयोग निती आवश्यक रहेको उहाँको तर्क थियो । भुमि सम्बन्धि पुराना कानुनको आवश्यक संसोधन वा नयाँ कानुन र निती ल्याएर कार्यान्वयन गर्नु पर्नेमा उहाँले जोड दिनुभयो ।
प्रधानमन्त्री कृषी कार्यक्रम अन्र्तगत १ हजार हेक्टर जग्गा एकै ठाँउमा ल्याएर खेती गर्ने प्रणालीमा ल्याउने र बिधौ बिधा खेत बाझो राख्ने प्रबृत्तिलाई निरुत्साहित गर्न स्थानिय सरकारले नियन्त्रणमा लिई खेती गर्ने अवस्था सिर्जना गर्न आवश्यक रहेको उहाँको भनाई थियो । कृषीमा आधुनिकीकरण गर्न र उत्पादनमा बृद्धि गर्न भुमी बैङ्कको स्थापना गर्ने योजना अघि बढाउन आवश्यक रहेको उहाँको भनाई थियो ।
प्रेस सेन्टर कपिलवस्तुका सहसंयोजक अर्जुन बेल्बासेको अध्यक्षता र प्रेस चौतारीका जिल्ला अध्यक्ष हरि अधिकारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा माओबादी केन्द्रका पोलिट व्युरो सदस्य गिरधारी लाल न्यौपाने र पत्रकार महासंघ पुर्व शाखा अध्यक्ष भेषराज पाण्डेले मन्तब्य दिएका थिए । कार्यक्रममा मन्त्री खनाललाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १८ चैत्र २०७४ आइतबार ००:००  २ : ४७ बजे