८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

एकै पटक दुइ सिंचाई आयोजनाको निर्माण सुरु



मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तु नगरपालिकामा एकै पटक दुई सिचाई आयोजनाको निर्माण सुरु भएको छ । कपिलवस्तु नगरपालिका– २ मा लम्तीय सिचाई आयोजना र नगरपलिको वडा नम्बर ८ मा दोहनी सिंचाई आयोजनाको निर्माण सुरु भएको हो ।
सिंचाई विकास डिभिजन अनुसार लम्तीयामा ८ करोड ७४ लाख र दोहनीमा ९ करोड ९१ लाखको आयोजना निर्माण हुदैछ । दुबै सिंचाई आयोजनाको शिलान्यास गर्दै पुर्व सिंचाई राज्य मन्त्री तथा नेपाली कांग्रेसका जिल्ला सभापति सुरेन्द्रराज आचार्यले आयोजनाले कृषकहरुलाई धेरै फाईदा पुग्ने बिश्वास ब्यक्त गर्नुभयो ।
पुर्व सिंचाई राज्य मन्त्री आचार्यकै पहलमा दुबै स्थानमा सिंचाई आयोजनाको बजेट बिनियोजित भएको हो । आचार्यले जिल्लाकै ठुलो बाणगंगा सिचाई आयोजनाले रहेको कपिलवस्तु नगरपालिमा यी दुई सिचाई आयोजनाले नगरपालिकमा सिचाइ सुबिधा बिस्तार हुने बताउनुभएको छ ।
प्रदेश नम्बर ५ की प्रदेश सदस्य रिना नेपालले सिंचाई आयोजनाले कृषकहरुले दुई पसल सजिलरी लगाउन सक्ने बताउनुभयो । उहाले सिंचाई सुबिधालाई बढाउन आफुले पनि प्रदेश बैठकमा कुरा उठाउने दाबी गर्नुभयो ।
मेयर किरण सिंहले नगरपालिकाले सिंचाईको सुबिधा बिस्तारका लागि थप बजेटहरु बिनियोजित गर्ने बताउनुभएको छ । उहाले कृषकहरुको माग अनुसार आवश्यक अन्य कृषि सेवाहरु समेत बढाउने बताउनुभयो ।
दुबै सिंचाई आयोजनाको २ महिना अघि देखि निर्माण सुरु भएको हो । सिचाई आयोजना २०७६ असोजमा निर्माण सपन्न हुने योजना छ । लम्तिया सिंचाई आयोजनाा अन्र्गत ३ दशमदव १ किलो मिटर मुख्य नहर र ५ वटा शाखा नहर निर्माण गरिनेछन ।
यसमा हेड बक्र्स र ४३३ मिटर नहर लाईनिङ गरिनेछ । सिचाइ आयोजनाले ३सय ९ घरधुरीका २ हजार ४९० कृषकलाइ प्रत्यक्ष फाईदा पुग्ने सिचाई डिबिजनका प्रमुख राजेन्द्र महतोले बताउनुभयो । आयोजनाले ३ सय हेक्टर सिचाई सुबिधा बिस्तार हुनेछ ।
दोहनी सिंचाई आयोजामा ४ दशमलव ४ किलो मिटर मुख्य नहर बनाईनछ । सय मिटरको पक्की लाईनिङ, सानो कुलो पुल ३ वटा, ४ वटा फाटक बनाईन छन । आयोजाले ७ सय हेक्टरमा सिंचाई सुबिधाले ४ हजार कृषकलाई प्रत्यक्ष फाईदा पुग्ने छ । दुबै आयोजनाका लागि जमुहार खोलाबाट पानी लगिनेछ ।

प्रकाशित मिति : १८ चैत्र २०७४ आइतबार ००:००  १२ : ४२ बजे