हरि अधिकारी, वाणगंगा ।
कपिलवस्तु उद्योग वाणिज्य संघले आफनो कार्यक्षेत्रमा ढक तराजु शुद्धिकरण अभियान संचालन गरेको छ । संघको क्षेत्रगत आवद्ध सदस्य तथा व्यवसायीका लागि २ दिने ढक तराजु शुद्धिकरण कार्यक्रम संचालन गरेको हो ।
नापतौल विभाग क्षेत्रिय कार्यालय बुटवलको प्राविधिक सहयोग तथा संघका पदाधिकारीको सहभागीतामा जयनगर, पत्थरकोट तथा वाणगंगा नगरक्षेत्रका १ सय बढि व्यवसायीको ढक तराजु शुद्धिकरण गरिएको बताइएको छ ।
नामतौलमा एकरुपता तथा उपभोक्ताको हकहित संरक्षण गर्ने उद्धेश्यले ढक तराजु शुद्धिकरण अभियान संचालन गरिएको संघका अध्यक्ष उमानाथ पौडेलले बताउनुभयो । शुद्धिकरण अभियान कपिलवस्तु उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष हुमनाथ पौडेल, कोषाध्यक्ष मोहन न्यौपाने, क्षेत्रगत सदस्य हरिलाल अधिकारी, महिला सदस्य सिर्जना ज्ञवाली, कार्यकारी सचिव विशाल न्यौपाने, सहायक राधिका पराजुलीको सहभागीतामा सम्पन्न भएको थियो ।
गुणस्तर तथा नापतौल विभाग क्षेत्रीय कार्यालय बुटवलका प्राविधिक सहायक हरिभजन त्रिपाठीको संयोजकत्वमा ४ जना कर्मचारीहरुले ढक तराजुको नाँपजाँच तथा स्टीकर टाँस गरेका थिए । शुद्धिकरण कार्यक्रममा किराना पसल, खाद्य भण्डार, होलसेल तथा फुटकर पसल, फलफुल व्यवसायी, सुनचाँदी व्यवसायी लगाएतको सहभागीता रहेको थियो ।
२६ फाल्गुन २०७४ शनिबार ००:००
0
Shares
प्रतिक्रिया