मणि प्रसाद गैह्रे, तौलिहवा ।
कपिलवस्तुको तौलिहवामा ५ औं प्राचिन कपिलवस्तु महोत्सव सुरु भएको छ । महोत्सवको उद्घाटन गर्दै पुर्व राजदुत दिपकुमार उपाध्यायले कपिलवस्तुको विकासको मुख्य अजेण्डा पर्यटन विकास भएको बताउनुभयो ।
जिल्लामा सय भन्दा बढि बुद्ध संग जोडिएका स्थलहरुको प्रचार प्रसार र संरक्षण गर्नुपर्ने वेला आएको हुँदा आफुले पहल गरेको वताउनुभयो । त्यसका साथै जिल्लाका स्थानीय जनप्रतिनिधि, प्रदेशसभा सदस्य र प्रतिनिधीसभा सदस्यहरु एक ठाउंमा बसेर जिल्लाको विकासको लागी मार्ग कोरी सो मार्ग कायान्यवन गर्नुपर्ने बताउनुभयो ।
पर्यटकीय स्थलको प्रबद्र्धन गर्ने उद्देश्यले तौलिहवाको बुद्धपद्म उमाविको मैदानमा आइतबार देखि शुरु भएको महोत्सव फागुन ३० गते सम्म संचालनमा रहने छ । “कपिलवस्तु जिल्लाको समग्र बिकासको आधार, धार्मिक स्थलको प्रबद्र्धन, पर्यटन, कृषी, उधोग र व्यापार” भन्ने नाराका साथ महोत्सव सूरु भएको हो ।
बिगत ४ बर्ष देखि सदरमुकाम तौलिहवामा लाग्दै आएको महोत्सव रातिको सयममा लाग्ने गरेको छ । संघका जिल्ला अध्यक्ष गयादीन कुर्मीले रातिको सयममा लाग्ने महोत्सव देश मै पहिलो भएको दाबी गर्नुभयो । रातिको सयममा महोत्सव संचालन हुने भएकाले महोत्सवको सुरक्षाका बिषमया स्थानीय प्रशासनसंग समन्वय गरिएको अध्यक्ष कुर्मीले बताउनुभयो ।
ऐतिहासिक र पर्यटकीय स्थलको प्रचारप्रसार, स्थानीय उत्पादनहरुलाई बढवा दिने उद्दश्यले महोत्सव राखिएको हो । महोत्सवमा कृषि, पर्यटन, ब्यापार, बाल उद्यान, मनोरजंन, गौतम बुद्ध र प्राचिन कपिलवस्तु झल्को दिने सामाग्रीहरुका रहेका छन् ।
उक्त उद्घाटन समारोहमा प्रदेश सदस्य रिना विक, सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्याल, उद्योगा वाणिज्य संघका केन्द्रिय सदस्य कृष्ण श्रेष्ठ, नेपाली कागेंसका पुवै सभापति सुधाकर पाण्डेय, राजपका संयोजक कालिपद शर्मा, लुम्विनी विकास कोषका सदस्य राजेश ज्ञवाली, हज कमिटिका सदस्य रउफ अहमद खां, लगायतले महोत्सवको सफलताको शुभकामना दिनुभएको थियो । महासचिव अर्जुन चापागाईको संचालन र सदस्य संदिप श्रीवास्तवको संचालनमा उद्घाटन सत्र सम्पन्न भएको थियो ।
२१ फाल्गुन २०७४ सोमबार ००:००
0
Shares
प्रतिक्रिया