८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

कपिलवस्तु जेसिजको नयाँ नेतृत्वद्धारा पदभार ग्रहण



मायादेवी अनलाइन, कपिलवस्तु, ११ माघ ।
कपिलवस्तु जेसिज बर्ष २०१७ को नेतृत्वले बर्ष २०१८ का नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण गरेको छ । कपिलवस्तु जेसिसको प्राङ्गण बैरियामा एक भव्य समारोहका विच निर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण गरिएको हो । पद हस्तान्तरण समारोहमा बोल्दै जेसिज २०१७ का निवर्तमान अध्यक्ष प्रकाश प्रसाद अधिकारीले निर्वाचित नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिनुभयो । समाज रुपान्तरणमा कपिलवस्तु जेसिजले गरेको काम प्रशंसनिय भएको बताउदैँ अधिकारीले युवाको भावना अनुसार काम गर्न कपिलवस्तुको नेतृत्वलाई सुझाव दिनुभयो ।
कार्यक्रममा प्रतिनिधिसभा १ का सांसद चक्रपाणी खनाल बलदेवले युवाको सवालमा जेसिजले गर्दै आएको कामलाई सबैले अनुशरण गर्नुपर्ने बताउनुभयो । युवालाई नेतृत्व तहमा ल्याउनका लागि सबै राजनीतिक दलले जेसिजबाट सिक्नुपर्ने धारणा राख्नुभयो ।
पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता दीपकुमार उपाध्यायले कपिलवस्तु जेसिजमा हालै निर्वाचित पदाधिकारीलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।
कपिलवस्तु जेसिज बर्ष २०१८ का अध्यक्ष सुन्दर पाण्डेले आफ्नो कार्यकालमा गर्ने कामको बारेमा जानकारी दिनुभयो । जिम्मेवार युवा समृद्ध राष्ट्र नारा तय गरेर काम गर्ने उद्घोष गर्नुभयो ।
कपिलवस्तु जेसिज बर्ष २०१७ का अध्यक्ष कृष्ण बहादुर चौधरीको अध्यक्षतामा भएको पद हस्तान्तरण तथा सम्मान कार्यक्रममा प्रदेशसभा सदस्य विष्णु पंथी, माला गोतामे, पूर्व अध्यक्ष उमानाथ पौडेल, संस्थापक महासचिव दोलकराम घिमिरे लगायतले मन्तव्य राख्नुभएको थियो ।
सोहि अवसरमा कपिलवस्तु जेसिजले विभिन्न समयमा गर्दै आएको प्रतियोगीतामा उत्कृष्ट हुने प्रतियोगीलाई पुरस्कार पनि वितरण गरिएको थियो । कार्यक्रमको सञ्चालन जेसिस बर्ष २०१७ का महासचिव राजेन्द्र अर्याल र बर्ष २०१७ का अध्यक्ष रमेशचन्द्र भुसालले गर्नुभएको थियो ।

प्रकाशित मिति : ११ माघ २०७४ बिहिबार ००:००  ३ : ४२ बजे