काठमाडौं, माघ १० । नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य चुनावका लागि थप ६ जना उम्मेदवार चयन गरेको छ ।
कांग्रेसले प्रदेश नम्बर १ बाट रमेशजंग रायमाझी र सरिता प्रसाई, प्रदेश नम्वर २ बाट जीतेन्द्र नारायण देव र मुक्ता कुमारी यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । यस्तै प्रदेश नम्बर ३ बाट राधेश्याम अधिकारी र धना खतिवडा उम्मेदवार बन्ने नेता प्रकाशशरण महतले जानकारी दिनुभयो ।
कांग्रेसले यसअघि अरु उम्मेदवारको टुंगो लगाइसकेको छ । प्रदेश नम्बर २ मा कांग्रेस र मधेसवादीबीच तालमेल भएको हो ।
प्रतिक्रिया