८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

सरस्वती पूजा कहाँ कहाँ कसरी मनाइयो ?



कपिलवस्तु, ९ माघ ।
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी सोमबार देशभर मनाइएको छ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ ।

आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लागेको थियो । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । यस दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ ।

यसैविच जीतपुर चारनम्बरमा अवस्थित वाणगंगा सामुदायिक पुस्तकालय दोस्रो बर्षमा प्रवेश गरेको छ । गत बर्ष आजकै दिन बसन्त पञ्चमीको अवसरमा स्थापना गरिएको पुस्तकालय दोस्रो बर्षमा प्रवेश गरेको अवसरमा भव्य कार्यक्रम गरिएको छ । सरस्वती पूजाको अवसरमा भएको उक्त कार्यक्रममा विभिन्न साहित्यनुरागीले विभिन्न रचना प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्दै वडा नम्बर १ कि वडा अध्यक्ष बालकुमारी पन्तले पुस्तकालयलाई आफ्नो र वडा कार्यालयको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

इलाका प्रशासन कार्यालय वाणगंगाका प्रमुख विष्णु घर्तीले पुस्तकालय स्थापनाको छोटो समयमा राम्रो चर्चा बुटुल्न सफल भएकोमा खुसी व्यक्त गर्नुभयो । आफुले सकेजति पुस्तकालयलाई सहयोग गर्ने उहाले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा रेडियो हटविर्ट अध्यक्ष कृष्ण प्रसाद भट्टराई, सिद्धार्थ क्याम्पस प्रमुख बालाराम ज्ञवाली, राजनीतिकर्मी कमल चुदाँली लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा कवि मोहन ज्ञवाली, लेखनाथ घिमिरे, विद्या बेल्वासे, बुद्धिसागर बेल्वासे लगातयले रचना बाचन गर्नुभएको थियो । उक्त अवसरमा पुस्तकालयको विषयबस्तुबारे वरिष्ठ छन्दबादी कवि तथा पुस्तकालयका सल्लाहाकार ऋषिकेशव भारद्धाजले प्रकाश पार्नुभएको थियो ।

पुस्तकालयका अध्यक्ष दिलिप कार्कीको अध्यक्ष, कार्यसमिति उपाध्यक्ष दोलक बहादुर पछाईको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन सचिव धर्मराज घिमिरेले गर्नुभएको थियो ।

यसैबिच सोही अबसरमा सोमबार जिल्लाको बाणगंगा नगरपालिका २ राजपुरमा अवस्थित ज्ञानपुञ्ज ईङगलीस बोर्डिङ स्कुलमा मैत्रीपुर्ण भलिवल प्रतियोगित सम्पन्न भएको छ । उक्त प्रतियोगितामा सोही बिद्यालयका शिक्षक र बिद्यार्थीहरुबीच प्रतिस्पर्धा भएको थियो । जसमा शिक्षकहरुले बिजयी हासिल गर्न सफल हुनुभएको छ ।

यसैबिच मायादेवी गाउपालिका १ ईमिलियामा अभिभावक सम्मान तथा सरस्वती पुजा कार्यक्रम सम्पन्न भएको छ । प्राथामिक विद्यालय ईमिलियको आयोजनामा भएको कार्यक्रममा विद्यालयका शिक्षक, विद्यालय ब्यवस्थापन समितीका सदस्य , विद्यार्थी तथा अभिभावकहरुलाई सम्मान गरिएको छ ।
सम्मान कार्यक्रम कपिलवस्तुमा संचालित समता र पहुचमका लागी साझेदारी परियोजना कार्यक्रमले सहयोग गरेको हो । युरोपियन युनियन, उईओल्ड अनलस, ग्लोबल एक्सन नेपाल र सिद्धार्थसामाजिक विकास केन्द्रको साझेदारीमा संचालित परियोजनाले उनिहरुलाई सम्मान गरेको हो । कार्यक्रम परियोजनाका स्रोत प्रशिक्षक गिता अर्यालले सञ्चालन गर्नु भएको हो ।
विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष राधेश्याम कुर्मीको अध्यक्षता ,मायादेवी गाउपालिका वडा नम्बर १ का वडा अध्यक्ष हरी गोविन्ध चौधरीको प्रमुख आतिथ्यता, पिक परियोजनाका नारायण घिमिरे, विद्यालयका प्रअ, गोविन्द शरण तिवारी को उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : ९ माघ २०७४ मंगलबार ००:००  २ : ५६ बजे