८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

‘स्थायी राजधानी’ माग्दै चक्काजाम



कपिलवस्तु, ९ माघ ।
पाँच नम्बर प्रदेशको स्थायी राजधानी माग गर्दै संयुक्त संघर्ष समितिले सोमबार बुद्धभुमि नगरपालिकाको इमिलियामा पूर्वपश्चिम राजमार्गमा एक घण्टा चक्काजाम गरेको छ ।
कपिलवस्तुलाई विश्वले चिन्ने र सबैका पायक पर्ने स्थान भएको कारण प्रदेश नम्बर पाँचको स्थायी राजधानी बनाउनुपर्ने संघर्ष समितिको माग छ । सरकारले गत बुधबार अस्थायी राजधानीको टुङ्गो लगाए संगै संघर्षमा उत्रिएका जिल्लाबासीले स्थायी राजधानीको माग राखेका हुन ।

एक घण्टे चक्काजाम पछि भएको कार्यक्रममा बोल्दै नयाँ शक्ति पार्टी नेपालका केन्द्रिय परिषद सदस्य इन्द्रमणी पौडेलले स्थायी राजधानी कपिलवस्तु हुनुपर्ने माग गर्नुभयो । यस्तै नेकपा एमालेकी जिल्ला सदस्य टीकादेवी उपाध्यायले पनि स्थायी राजधानी कपिलवस्तु नभए अझै सशक्त आन्दोलन गर्ने चेतावनी दिनुभयो ।

कार्यक्रममा सयौ सर्वसाधारणको उपस्थिती रहेको नेपाल विद्यार्थी संघका नेता रुपक खनालले जानकारी दिनुभयो । प्रदेशको स्थायी राजधानीको लागि संघर्ष गरिरहने उहाले बताउनुभयो ।

प्रकाशित मिति : ९ माघ २०७४ मंगलबार ००:००  २ : ५३ बजे