८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

इमिलियामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



कपिलवस्तु, ८ पुस ।
कपिलवस्तुको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुद्धभूमि नगरपालिका स्थित इमिलियामा आइतबार साँझ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बुटवलबाट चन्द्रौटातर्फ जाँदै गरेको लु१ख ७४३७ नंको बसले सोही दिशातर्फ जाँदै गरेको लु१९प ४४८२ नंको मोटरसाइकललाई ठक्कर दिँदा बुद्धभूमि नगरपालिका–१ वसन्तपुरका ४० वर्षीय चिपनारायण थारूको मृत्यु भएको हो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका थारूको जिल्ला अस्पताल तौलिहवामा उपचारका क्रममा राती मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिंहेका प्रहरी निरीक्षक मनोहरराज श्रेष्ठले जानकारी दिए । मृतक थारू जिल्ला नापी कार्यालयमा कार्यरत कर्मचारी रहेको बताइएको छ । ठक्कर दिने चालक र बसलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ माघ २०७४ सोमबार ००:००  ३ : ४६ बजे