बुटवल, ८ माघ ।
सात वटै प्रदेश प्रमुखहरूले प्रदेश सभा सदस्यहरूको पद तथा गोपनीयताको सपथग्रहण गराएका छन् । सम्बन्धित प्रदेशहरूको अस्थायी कार्यसञ्चालन केन्द्रहरूमा सपथग्रहण समारोह आयोजना गरिएको थियो ।
प्रदेश नम्बर ५ का सांसदहरुले पनि आज सपथ लिएका छन् । बुटवलको बसपार्क पछाडि रहेको बुटवल उद्योग वाणिज्य संघको हलमा सपथ ग्रहण कार्यक्रम आयोजना भएको थियो । प्रदेश प्रमुख उमाकान्त झाले ज्येष्ठ सांसद बलदेव शर्मा पोखरेललाई सपथ गराउनु भएको थियो । ज्येष्ठ सांसद पोखरेले अन्य सांसदलाई सपथ गराउनु भएको थियो ।
प्रदेश नम्बर ५ का १२ जिल्लाबाट प्रत्यक्षमा ५२ र समानुपातिकमा ३५ गरी ८७ सांसद रहेका छन् । यसमध्ये सपथ ग्रहण कार्यक्रममा २ जनाको अनुपस्थिति रहेको थियो । अनुपस्थित हुनेमा एमालेका तर्फबाट समानुपातिक सदस्य अर्घाखाचीका जलपा भुसाल र राजपाका तर्फबाट समानुपातिक सदस्य रुपन्देहीका विन्दु पन्त हुनुहुन्छ ।
छुटेका सांसदलार्ई पछि सपथ गराइने प्रदेश प्रमुख उमाकान्त झाले जानाकारी दिनुभयो । सपथग्रहण कार्यक्रमपछि बोेल्दै सभासद शंकर पोखरेलले प्रदेशसभाको अभ्यास जीरोदेखि सुरु गर्न लागेको बताउनुभयो ।
यद्यपि सर्वपक्षिय र सर्वदलीय सहमतीमा संवृद्धिका लागि संसद गठनदेखि सरकार गठन र संचालनमा काम गर्ने उहाले बताउनुभयो ।
औपचारिक निर्णय नभएपनि सांसद पोखरेललाई बामगठबन्दनले मुख्य मन्त्रीका रुपमा अघि सारेको छ ।
यसअघि प्रदेश नम्बर ५ का प्रमुख उमाकान्त झाको पदबहाल ग्रहण पनि आजै गरिएको थियो । उच्च अदालत तुल्सीपुरको इकाइ बुटवल नजीकै रुपन्देही व्यापार संघको कार्यालयमा पदभारग्रहण गर्नुभएको हो ।
अर्को व्यवस्था नहुदासम्म उहाको कार्यालय यही रहने छ । पदभार ग्रहणपछि बोल्दै प्रदेश प्रमुख झाले संघीयताको पहिलो अभ्यासका रुपमा गठन भएको प्रदेश सभालाई सफलतापूर्वक अगाडि बढाउन आफूले सक्दो भूमिका खेल्ने बताउनुभयो ।
संघीयताको पहिलो अभ्यास भएकाले विधि र नीति अनुसार सावधानीपूर्वक संसद गठनदेखि सरकार गठनसम् मगर्ने उहाले बताउनुभयो ।
चुनाव भएको झण्डै २ महिनापछि भएको सपथ ग्रहणमा सांसदहरु नीकै उत्साहीत देखिएका थिए । अधिकांश सांसद औपचारिक नेपाली पोशाकमा देखिए पनि कतिपयले आफ्नै जातिगत पोशाक लगाएका थिए ।
प्रदेश सांसद छनोट भएका अधिकांश सांसद नया अनुहारका छन् । सपथग्रहणका लागि आएका सांसदहरुसंग आजै आफू निकटका दलहरुले बैठक आयोजना गरेका थिए ।
८ माघ २०७४ सोमबार ००:००
0
Shares
प्रतिक्रिया