कुलराज भुसाल कपिलवस्तु ७ माघ ।
सिद्धार्थ क्याम्पस बाणगंगामा युगको माग र स्थानीय आवश्यकता अनुरुपको प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्देश्यले रजत–महोत्सवको सन्दर्भ पारेर यहि माघ २०७४ माघ २६ देखि फाल्गुण ४ गतेसम्म आयोजना गर्न लागिएको ‘श्रीमद् भागवत् सप्ताह ज्ञान महायज्ञ’ भव्य एवं सभ्य रुपमा सम्पन्न गर्न विभिन्न समितिहरु गठन गरिएकोछ ।
शनिबार क्याम्पस प्राङ्गणमा सम्पन्न महायज्ञ मूल समारोह समितिको बैठकले महायज्ञलाई निर्देशन गर्नकोलागि महायज्ञका निर्देशक झविलाल पोख्रेल, अध्यक्ष रबिबहादुर काफ्ले, बरिष्ठ उपाध्यक्षद्वय सोमनाथ अर्याल र सुमित्रा ज्ञवाली, महासचिव बालाराम ज्ञवाली लगायत कृष्ण पौडेल, पोमनारायण पौडेल, मधु अर्याल, विमला घिमिरे र सुमन क्षेत्री रहेको निर्देशन समिति गठन गरेकोछ ।
त्यस्तै महायज्ञलाई व्यवस्थित रुपमा सञ्चालन गर्नको लागि महायज्ञका अध्यक्ष, बरिष्ठ उपाध्यक्षहरु, उपाध्यक्षहरु, महाचिव, उप–महासचिवहरु, सचिवहरु, कोषाध्यक्ष, सह–कोषाध्यक्षहरु र उप–समिति संयोजकहरु सदस्य रहनेगरि सचिवालय गठन गरेकोछ ।
त्यसैगरि महायज्ञलाई सफलतापूर्वक सम्पन्न गर्नको लागि महायज्ञ मूल समारोह समितिका उपाध्यक्षहरुको संयोजकत्वमा विभिन्न विषयगतउप समितिहरु समेत गठन भएकाछन । नव गठित उप–समितिहरु मध्ये मण्डप व्यवस्थापन उपसमिति संयोजकमा दशरथ न्यौपाने चयन हुनु भएकोछ भने , प्रचार प्रसार उपसमिति संयोजकमा युवराज पोख्रेल , दाता पहिचान तथा दान मूल्याङ्कन उपसमितिमा कृष्ण पौडेल, आर्थिक परिचालन उपसमितिमा वेदराम अर्याल, खानेपानी तथा सरसफाई उपसमितिमा नगेन्द्र प्रसाद रौतार , विद्युत व्यवस्थापन उपसमितिमा श्री कृष्ण पौडेल, इन्धन व्यवस्थापन उपसमितिमा रेणु सेन , कलशयात्रा व्यवस्थापन उपसमितिमा सीता थापा , पूर्वविद्यार्थी परिचालन उपसमितिमा गोविन्द प्रसाद पोख्रेल, पूर्वशिक्षक तथा कर्मचारी समन्वय उपसमितिमा टीकाराम पौडेल , अतिथि सत्कार उपसमितिमा गुणलक्ष्मी ज्ञवाली , सरकारी शैक्षिकसंस्था परिचालन उपसमितिमा दोलख बहादुर पछाईँ संयोजक हुनुहुन्छ । त्यस्तै वैदेशिक सम्पर्क समन्वय उपसमितिमा कृष्ण कुँवर, उद्योग, वाणिज्य तथा नगर बजार व्यवस्थापन उपसमितिमा यज्ञ भट्टराई , सामाजिक तथा वित्तीय संघ संस्था समन्वय उपसमितिमा दुर्गा के.सी, उद्योगी–व्यवसायी समन्वय उपसमितिमा टोपनारायण बेल्बासे, सरकारी कार्यालय समन्वय उपसमितिमा द्रोण सुवेदी , स्वयम् सेवक परिचालन उपसमितिमा राजकुमार अर्याल, गुरु, ब्रह्माण, कलाकार आवास व्यवस्थापन उपसमितिमा शिवचन्द्र आचार्य, फूलमाला व्यवस्थापन उपसमितिमा, सीता न्यौपाने , दाता सम्मान उपसमितिमा शंकर पाण्डेले संयोजकको जिम्यवारी पाउनु भएकोछ भने भोजन व्यवस्थापन उपसमितिमा चन्द्र बहादुर थापा , शान्तिकलश व्यवस्थापन तथा वितरण उपसमितिमा खेमराज शर्मा, प्रसाद व्यवस्थापन उपसमितिमा धर्मराज घिमिरे, यातायात तथा भक्तजन परिचालन उपसमितिमा चक्रपाणि आर्याल, सञ्चार संस्था समन्वय उपसमितिमा डिलाराम भुसाल संयोजक हुनुहुन्छ । त्यसैगरि स्वास्थ्य उपचार व्यवस्था उपसमितिमा सुन्दर आचार्य , वनपैदावार तथा काष्ठ व्यवसायी समन्वय उपसमितिमा , रुक बहादुर भुसाल, सामुदायिक वन समन्वय उपसमितिमा शान्तविक्रम पौडेल , निजी तथा आवासीय शैक्षिक संस्था समन्वय उपस्थितिमा सर्वेन्द्रदेव खनाल , भजन मण्डली व्यवस्थापन उपसमितिमा हिमालय भुसाल, विद्यार्थी परिचालन उपसमिति संयोजकमा सुशील खत्री, धान–चामल संकलन उपसमिति, संयोजकमा शंकर पौडेल , अनुगमन तथा मूल्याङ्कन उपसमितिमा, सुमित्रा घिमिरे , सामग्री खरिद तथा भण्डारण उपसमितिमा कमल प्रसाद पोख्रेल , सम्पर्क समन्वय उपसमितिमा कमल आचार्य , निर्माण तथा आपूर्ति ं(सप्लायर्स) व्यवसायी समन्वय उपसमितिमा विष्णु खनाल , छपाइ तथा प्रकाशन उपसमितिमा विष्णु थापा , मञ्च तथा गेट निर्माण उपसमितिमा छवि रेश्मी रहनुभएको बताईएकोछ ।
त्यसैगरि समितिले संरक्षक तथा सल्लाहकार समिति पनि गठन गरेकोछक, जसको संयोजकमा सांसद चक्रपाणि खनाल (बलदेव) र सदस्यहरुमा बृजेशकुमार गुप्ता, अभिषेक प्रताप शाह, विष्णु पन्थी, सहसराम यादव, दीर्घनारायण पाण्डे, धर्म बहादुर श्रीवास्तव, अर्जुन के.सी., वीरेन्द्रकुमार कनौडिया, दिपकुमार उपाध्याय, बलराम अधिकारी, अतहर कमाल खाँ, डोरप्रसाद उपाध्याय, विश्राम थारु, दानबहादुर चौधरी, कमलेश शर्मा, मंगलप्रसाद थारु, चक्रपाणि अर्याल, मेघराज ज्ञवाली, सागर श्रेष्ठ, हरिराज घिमिरे, बसन्तराज खनाल , नन्दकिशोर शुक्ल, दिल बहादुर कार्की, कृष्ण भट्टराई, कनकमान श्रेष्ठ, आत्मराम आचार्य, युवराज पाण्डे, डिल्लीराम भट्टराई, भागवत् ज्ञवाली, कृष्ण पौडेल, नित्यानन्द ज्ञवाली, कुलचन्द्र अर्याल, लक्ष्मण नेपाल, कृष्णबहादुर चौधरी, नेत्रप्रसाद सुवेदी, प्रेमनारायण पाण्डे, चिरञ्जीवी गिरी, शिवचन्द्र आचार्य, मीनप्रसाद घिमिरे, होमनाथ भट्टराई, रामप्रसाद गैरे, रविराज ज्ञवाली, रविराज आचार्य, इन्दिरा भट्टराई, खगेन्द्र के.सी., प्रभा पौडेल, गुणदेवी पन्थी मोहन ज्ञवाली, रामप्रसाद घिमिरे, थानेश्वर पोख्रेल, वेदराज ज्ञवाली, खेमराज खनाल, खेमानन्द पौडेल, दिपकप्रसाद आचार्य , फणिन्द्र आचार्य, टीकाराम नेपाल, बाबुराम आचार्य, उमेश आचार्य, कुमार मधु बेल्लासे, नित्यानन्द पाण्डे, ऋषिकेशव भारद्वाज, शंकर आचार्य , शंकर आचार्य , परशुराम ज्ञवाली, इन्द्र बहादुर कोइराला लाई चयन गरेकोछ ।
बैठकमा सबै समिति, उप–समिति तथा पदाधिकारीहरुबीच कार्य विभाजन समेत गरिएकोछ भने माघ १० गते भित्र सबै उपसमितिहरुको बैठक बसी कामलाई व्यवस्थित रुपमा अघि बढाउन महयज्ञका निर्देशक झविलाल पोख्रेलले निर्देशन गर्नुभएकोछ ।
७ माघ २०७४ आइतबार ००:००
0
Shares
प्रतिक्रिया