दाङ, माघ ७ । पाँच दिनदेखिको बन्द खुलेसँगै दाङको जनजीवन सामान्य बन्दै गएको छ । पाँच नम्बर प्रदेशको राजधानी रुपन्देही तोकिएको विरोधमा गएको मंगलबारदेखि बन्द खुलेसँगै आइतवार बिहानैदेखि दाङको जनजीवन सामान्य बनेको हो ।
पाँच दिनदेखि बन्द रहेका जिल्लाका शिक्षण संस्था पनि खुलेका छन् । बन्द खुलेसँगै जिल्लाका बजार क्षेत्र खुलेका छन् भने लामो तथा छोटो दूरीका गाडी पनि चलेका छन् ।
प्रतिक्रिया