काठमाडौं, माघ ५ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य चुनाव प्रयोजनका लागि दर्ता भएका २१ वटा राजनीतिक दललाई निर्वाचन चिन्ह् प्रदान गरेको छ ।
आयोगले नेकपा एमालेलाई ९सूर्य०, नेपाली कांग्रेस ९रुख०, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र ९गोलाकारभित्र हँसिया हथौडा० संघीय समाजवादी फोरम नेपाल ९हातले समातेको मसाल० र राष्ट्रिय जनता पार्टी नेपाललाई ९छाता० निर्वाचन चिह्न प्रदान गरेको छ ।
नेपाल संघीय समाजवादी पार्टीलाई ९बस०, नेपाल मजदूर किसान पार्टी ९मादल०, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ९दापसहितको खुकुरी०, बहुजन शक्ति पार्टी ९जग०, नेपाल परिवार दल ९साँचो०, राष्ट्रिय जनमोर्चालाई ९गिलास०, नेपाल नौलो जनवादी पार्टी ९चुच्चोले चिट्ठी बोकेको परेवा० चिन्ह दिइएको छ ।
यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकलाई ९गोलाकारभित्र हलो० विवेकशील साझा ९तराजु०, नयाँ शक्ति पार्टी नेपाल ९देब्रे आँखा०, नेपाल दलित पार्टी ९इनार० राष्ट्रिय प्रजातन्त्र पार्टी ९गाई०, बहुजन समाज पार्टी नेपाल ९जिराफ०, गान्धीवादी पार्टी नेपाल ९भेडा०, नेपाली जनता दल ९गोरुगाडाको चक्का पाङग्रो० र राष्ट्रिय मुक्ति आन्दोलन नेपालका उम्मेदवार ९षटकोण० चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्ने निर्वाचन आयोगको सूचनामा जनाइएको छ ।
राष्ट्रियसभा सदस्यको निर्वाचन यही माघ २४ गते हुँदैछ । उक्त निर्वाचनमा २०५६ जना मतदाताले भाग लिनेछन् । राष्ट्रियसभा सदस्यमा प्रत्येक प्रदेशबाट आठजना संख्यामा सदस्यको छनोट हुनेछ । राष्ट्रियसभा सदस्यको निर्वाचनमा गाउँपालिका र नगरपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेशसभा सदस्य मतदाता हुने व्यवस्था रहेको छ ।
कूल ५९ सदस्यीय राष्ट्रियसभामा सरकारको सिफारिशमा तीनजना सदस्यको राष्ट्रपतिबाट मनोनयन हुने संवैधानिक व्यवस्था रहेको छ । राष्ट्रियसभा संघीय संसद्को माथिल्लो सदन हो ।
प्रतिक्रिया