८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

अस्थायी राजधानी तोकियो तर प्रदेश प्रमुखको कार्यालय खै ?



रुपन्देही, माघ ५ । सरकारले पाँच नम्बर प्रदेशको अस्थायी राजधानी रुपन्देहीलाई तोकेपनि प्रदेश प्रमुखको कार्यालय रहने ठाउँ भने बुटवलमा अझै टुङ्गो लागेको छैन ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिकृष्ण मैनालीले प्रदेश प्रमुखको कार्यालय रहने स्थानको खोजी भइरहेपनि टुङ्गो लाग्न नसकेको बताउनुभयो । ‘हामी सबै विकल्पका बिषयमा छलफल गरिरहेका छौ तर टुङगो लागि सकेको छैन’ उहाँले भन्नुभयो ।

सरकारले बुधबार पाँच नम्बर प्रदेशको प्रमुखमा नियुक्त गरेका उमाकान्त झाले आज अपरान्ह राष्ट्रपति बिद्यादेबी भण्डारीबाट शपथ लिदै हुनुहुन्छ ।

क्षेत्रीय प्रशासन कार्यालय पोखराका सहप्रशासक बाबुराम गौतमको नेतृत्वमा प्रधानमन्त्री कार्यालयबाट खटिएको भौतीक पूर्वाधार अध्ययन टोलीले प्रदेश प्रमुखको कार्यालयका लागि इलाका प्रशासन कार्यालय बुटवलको नबनिर्मित भबन र आवासका लागि बुटवलको रामनगरमा रहेको व्यवसायीक तथा सिप बिकास तालिम केन्द्रको भवनलाई सिफारिस गरेको छ । तर प्रशासन कार्यालयको भवनको निर्माणकार्य सकिएको छैन ।

प्रकाशित मिति : ५ माघ २०७४ शुक्रबार ००:००  ७ : १४ बजे