कैलाली, माघ ५ । धनगढीमा ६ लेन सडकको चौडाई घटाउन नहुने भन्दै गरेको आन्दोलनमा प्रहरीले दमन गरेको छ ।
प्रहरी दमनको विरोधमा स्थानीय वासिन्दा सडकमा उत्रिएका छन । बजार बन्द आव्हान गर्दै शुक्रवार ट्राफिक चौराहमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका बेला वडा अध्यक्ष सहित १३ युवालाई प्रहरीले पक्राउ गरेको भन्दै विरोध भएको हो ।
प्रहरी उपरीक्षक बिनोद घिमिरेको नेतृत्वमा युवालाई पक्राउ गरेपछि निसर्त रिहाइको माग गर्दै प्रहरीका विरुद्ध स्थानीयले सडकमा नारावाजी गरेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का अध्यक्ष बलबहादुर ऐर वडा सदस्य ओम विक्रम चन्द, मदन भट्टलगायतलाई प्रहरीले पक्राउ गरेको हो ।
अहिले राजनीतिक दलका नेता पनि प्रहरी विरुद्ध सडकमा आएका छन् । एमालेका सचिव रणबहादुर चन्द, नेपाली कांग्रेसका सचिव पूर्ण कुँवर, विवेकशील साँझा पार्टीका प्रदेश संयोजक गोपाल हमाल, माओवादी केन्द्रका नेता रमेश धामीलगायतले चौराहमा आयोजित बिरोध सभालाई सम्बोधन गर्दै प्रहरी दमनको निन्दा गरेका छन् ।
धनगढी अत्तरीया सडक ६ लेनको बनाउन नहुने भन्दै आफ्नो घर परेका १३ जना घरधनीले सर्वोच्चमा रिट हालेका थिए । धनगढीका अन्य मानिसले भने १३ जनाका कारण विकास रोक्न नहुने भन्दै आन्दोलन सुरु भएका हुन् ।
प्रतिक्रिया