मायादेवी अनलाइन, कोपवा, ४ माघ ।
कपिलवस्तु वाणगंगा वडा नं. ६ का आधा दर्जन गाउँका स्थानीयबासी केही महिना यता रातभर जाग्राम बस्दै आएका छन । छाडा चौपायले अन्नबाली सखाप पार्न थाले पछि यहाँका किसान रातभर जाग्राम बस्ने गरेका हुन । दैनिकी नै छाडा चौपाय धपाउँन मै वित्न थालेपछि किसान चिन्तित बनेका छन । गत कार्तिक देखि शुरु भएको गाउँलेको छाडा पशु धपाउने अभियान अहिले सम्म पनि जारी छ । हुलका हुल आउँने गाई, साँढे र बाच्छाबाच्छीले किसानले लगाएको गहुँ, तोरी, मसँुरो, केराउ, अडहर लगायतका हिउँदे बाली सखाप पारेको सुठौलीका स्थानीय किसान द्रोण आचार्यले बताए । हामीले छाडा पशु चौपाय नियन्त्रण गर्न सकेनौ आचार्यले गुनासो गदैै भने, “यसपालि बाली स्याहार्न नपाइने भयो ।”
गाउँलेहरुले दिनभर अन्नबालीको रेखदेख गरेपनि केहि दिन यता बढेको अत्याधिक जाडोका कारण रातीमा रेखदेख गर्न सकिरेहका छैनन । त्यहि मौका छोपि छाडा पशु चौपायले अन्नबाली सखाप पार्ने गरेको भकलापुरका स्थानीय किसान बुद्धिराज आचार्यले बताए । ‘कतिपयले रातीमा पनि आगो बालेर अन्नबालीको रेखदेख गर्छन उनले भने, ‘तर अत्याधिक चिसो बढेका कारण रातीमा समस्या भएको छ ।’
किसानको झण्र्ड एक सय विगाह क्षेत्रफल लगाएको हिउँदे बाली छाडा पशु चौपायले खाएर नष्ट गरेको बनकसियाका किसान लिलामणी ज्ञवालीले गुनासो गरे । हुलका हुल पशु चौपाय कताबाट आउँछन आउँछन उनले भने, “हामी बर्बाद भयौँ ।”छाडा पशुलाई नियन्त्रणमा लिन नसके पछि पटक पटक स्थानीय निकायलाई हार गुहार गर्दै आए पनि कसैबाट पहल कदमी हुन नसेकेको गाउँलेले गुनासो गरेका छन । स्याहार्नै लागेको अन्नबाली सखाप हुन थालेपछि गाउँलेले विभिन्न निकायलाई पहल गर्न थालेका छन ।
जिल्ला मै सिंचाई सुविधाको प्रयाप्त सुविधा भएको क्षेत्र वाणगंगा नगरपालिका हो । यहि क्षेत्र मै सबैभन्दा राम्रो खेती हुँदै आएको छ । तर पशु चौपाय नियन्त्रण गर्न नसक्दा किसानलाई बर्सेनी समस्या पर्दै आएको छ । वाणगंगा नगरपालिकाले छाडा पशु चौपाय नियन्त्रणका लागि २० हजार रकम विनियोजन गरेको जनाएको छ । विनियोजन गरेको उक्त रकम कार्यान्वयन नहुँदा किसान मर्कामा परेका छन । धाँन खेती पछिको दोस्रो ठुलो बालीको रुपमा रहेको गहुँ खेती नै जोगाउन नसक्दा यस बर्ष गहुँको उत्पादनमा ह्रास आउने कृषि कार्यालयका कर्मचारी बताउँछन ।
४ माघ २०७४ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया