८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

ईलाका प्रशासन कार्यालय बाणगंगाको प्रगती बिबरण सार्बजनिक



अबिनाश बेल्बासे, वाणगंगा, ३ माघ ।
ईलाका प्रशासन कार्यालय बाणगंगाले आफ्नो प्रगती बिबरण एक कार्यक्रमका बीच सार्बजनिक गरेको छ । मङ्गलबार कार्यालय मै पत्रकार भेटघाट आयोजना गरि प्रशासन कार्यालयले प्रगती बिबरण सार्बजनिक गरेको हो ।

कार्यक्रममा कार्यालय प्रमुख बिष्णु घर्तीले हाल सम्म प्रशासन कार्यालयबाट सम्पादन भएका गतिविधीबारे जानकारी गराउनुभएको थियो । प्रगति विवरणमा गत पुस महिनामा मात्र २ सय ५३ जनाले नागरिकता, २ जनाले नाबालक परिय पत्र र १३ जनाले द्रुत राहदानी सिफारिस लिएको उल्लेख छ ।

त्यसैगरी आर्थिक बर्ष ०७२÷०७३ मा १९, ०७३÷०७४ मा ३ हजार २ सय ९१ चालु आर्थिक बर्ष ०७४÷०७५ (अर्धवाषर््िाक)सम्म २ हजार ६ सय २४ जनाले उक्त कार्यालयबाट नागरिकता लिएको कार्यालयको प्रगती बिबरणमा उल्लेख गरिएको छ ।

सेवाग्राहीले एमआरपी पासपोर्ट बितरण सोही कार्यालयबाटै हुनुपर्ने माग गरेकाले त्यसका लागी पनी पक्रिया अगाडी बढाईएको प्रमुख घर्तीले बताउनुभयो । उहाले सेबा क्षेत्र बिस्तार गर्ने बारे समेत पहल गरिरहेको बताउनुभयो ।

हाल कार्यालयको आफ्नै भबन छैन । सेवाग्राहीको चाप उच्च हुने समयमा असहज हुने भएकाले जग्गा व्यबस्थापनका लागी सम्बन्धित ठाउमा कुरा राख्ने तयारी छ । कार्यालयले प्रदान गर्ने सेवामा कुनै जनगुनासो भएमा सुझाब दिन उपस्थित पत्रकारहरु संग कार्यालय प्रमुख घर्तीले आग्रह गर्नुभएको छ । उहाले कार्यालयमा आउने सेवाग्राहीहरुलाई सेवामैत्री र सञ्चारमैत्री सेवा प्रदान गर्ने प्रयास सदैब रहने बताउनुभयो ।

 

प्रकाशित मिति : ३ माघ २०७४ बुधबार ००:००  ४ : ३५ बजे