८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

कस्मिक सहकारीको आठौ साधारण सभा सम्पन्न



कपिलवस्तु, ३ माघ ।
बुद्धभूमी नगरपालिका वडा नं. २ गोरुसिंगे स्थित कस्मिक बचत तथा ऋण सहकारी संस्थाले आफ्नो आठौ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । बक्डेरियामा आयोजित कार्यक्रममा सहकारीले यस क्षेत्रका युवा समुदायलाई स्वरोजगार र व्यवसायी बनाउन सहकारी स्थापना गरि अघि बढेको जनाएको छ । साधारण सभामा बोल्दै संस्थाका अध्यक्ष जानु पाण्डेले युवाहरुको सहकारी नगरपालिकाकै उत्कृष्ठ बनाउन लागिपर्ने बताउनुभयो । यस क्षेत्रमा सहकारी मर्ज गर्नुपर्ने अवस्थामा कस्मिक सहकारी सबै भन्दा अग्रसर भएर लाग्ने साधारण सभामा पाण्डेले जानकारी दिनुभयो ।

अधिवेशन उदघाटन शत्रका प्रमुख अतिथी तथा बुद्धभूमी नगरपालिका अध्यक्ष केशव श्रेष्ठले कस्मिक बचत तथा ऋण सहकारी वास्तविक रुपमा युवाहरुमा बचत तथा उद्यम गर्ने पक्षधरता सहकारी रहेको जिकिर गर्नुभयो । युवा तथा नगर क्षेत्रको आर्थिक सम्वृद्धिका लागि काम गर्ने साझा सहकारी भएको बताउनुभएको छ । च्याउ सरि खुलेका अधिकांश सहकारीको निक्षेप लगानी तथा अन्य विभिन्न विषय जोखिमयुक्त देखिदै आएको भन्दै कस्मिकले अवलम्बन गरेको आधुनिकीकरण निति राम्रो भएको टिप्पणी गर्नुभयो । बुद्धभूमीका हरेक वडामा करोड बढिको पुजी भएको सहकारी भएमा मात्र यसले वास्तविक रुपमा गरिबी निवारणका लागि भूमिका खेल्ने भन्दै साना पूजीका सहकारी मर्ज गरि कम्प्यूटराईज सिस्टममा जान आग्रह गर्नुभयो । सहकारीले आ.ब. ०७३÷७४ मा ७१ लाख ५३ हजार बढिको कारोबार भएको जनाएको छ ।

कस्मिक बचत तथा ऋण सहकारी संस्थाको आठा साधारणसभामा बोल्दै वडा नं. ३ का वडा अध्यक्ष गोबिन्द आचार्यले युवाहरु अब उद्यम तथा व्यवसाय तर्फ अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । सानो लगानीले पनि भविष्य सुनिश्चित बन्न सक्ने भन्दै त्यस्ता पौरखी युवाहरुको लागि कस्मिक जस्ता सहकारी मुख्य मार्गदर्शक बन्नेमा आफुहरु विश्वस्त रहेको जिकिर गर्नुभया । कार्यक्रममा आगामी आर्थिक बर्षमा गर्ने विभिन्न कार्यक्रमहरु बारे जानकारी गराउदै संस्थाका अध्यक्ष जानु पाण्डेले संस्थाका सबै शेयर सदस्यहरुको दुर्घटना बीमा गरिने, सोलार जडानमा सहुलियतमा ऋण दिने, दीघकालिन रोेगहरुमा आर्थिक सहयोग गर्ने तथा विभिन्न सामाजिक क्रियाकलापमा सहकारीको गतिविधी बढाउने बताउनुभयो । कार्यक्रममा कोषाध्यक्ष सुमन प्रधान तथा लेखा समिति सदस्य कमल मरासिनीले प्रतिवेदन पेश गर्नुभएको थियो भने मुकुन्द पौडेलले कार्यक्रम संचालन गर्नुभएको थियो ।

 

प्रकाशित मिति : ३ माघ २०७४ बुधबार ००:००  ४ : १९ बजे