मायादेवी अनलाइन, जीतपुर, २ माघ ।
कपिलवस्तु जेसिजको अध्यक्षमा सुन्दर पाण्डे निर्वाचित भएका छन । कपिलवस्तुको जीतपुर चारनम्बरमा मङ्गलबार भएको अधिवेशनबाट पाण्डे अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन । यस्तै कपिलवस्तु जेसिजको कार्यकारिणी उपाध्यक्षमा मनोज कुमार खत्री, जनक बेल्वासे, उपाध्यक्षमा विनोद भट्टराई, शंकर न्यौपाने, प्रविन पौडेल र चन्द्रकान्त पोख्रेल निर्वाचित भएका छन ।
जेसिजको विधान अनुसार अन्य पदमा मनोनित गर्ने प्रावधान छ । जस अनुसार महासचिवमा गुरुदेव पौडेल, कानुनी सल्लाहकार महेश घिमिरे, सचिव बाबुराम अर्याल, कोषाध्यक्ष कृती मल्ल, शाखा सम्पादक हेमन्त गिरी र तालिम संयोजक अमृत घिमिरे मनोनित भएको नवनिर्वाचित अध्यक्ष पाण्डेले बताए ।
शनिबार साधारणसभा सम्पन्न भए पनि नेतृत्वमा सहमती हुन सकेको थिएन । मङ्गलबार भएको सहमती अनुसार नेतृत्व सर्वसम्मत चयन गरेको कपिलवस्तु जेसिज बर्ष २०१६ का अध्यक्ष तथा निर्वाचन आयुक्त रमेशचन्द्र भुसालले बताए ।
सन् २००० मा स्थापना भएको कपिलवस्तु जेसिजको हाल सुविधा सम्पन्न भवन छ भने विगत दुई बर्ष देखि एम्बुलेन्स पनि सञ्चालन गरिरहेको छ ।
२ माघ २०७४ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया