मायादेवी अनलाइन, वाणगंगा, ३० पुस ।
मयूर कृषि तथा पशु विकास सहकारी संस्था लिमिटेड बाणगंगा नगरपालिका ४ गजेहडाको आठौं साधारणसभा सम्पन्न भएको छ । साधारण सभामा लेखा समिती संयोजक बिष्णु प्रसाद अर्यालले गत आर्थिक बर्ष ०७३÷०७४ को १ करोड १० लाख ५ हजार २ सय ४१ बराबरको आय व्यय प्रस्तुत गर्नुभयो । भने ०७४÷०७५ को १३ लाख ९५ हजार बराबरकोे अनुमानित लक्ष प्रस्तुत गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथी एवं प्रधानमन्त्री कृषी आधुनिकिकरण परियोजनाका अध्यक्ष द्रोणराज शुबेदीले साधारणसभा शेयर सदस्य एवं सम्पुर्ण सहकारी परिवारकै एक पर्ब भएको जिकिर गर्नुभयो । सहकारीलाई जिल्लाकै नमुना सहकारी बनाउनमा प्रत्येक शेयर सदस्यहरुको भुमिका महत्वपुर्ण हुने उहाको भनाई थियो । कृषि तथा पशु क्षेत्रबाट यहाका किसानलाई फाईदा पुग्ने योजना ल्याउनका लागी पहल गर्न आफु सदैब तयार रहेको उहाले बताउनुभयो ।
कार्यक्रमका बिषिष्ठ अतिथी एवं मायादेबी गाउपालिका पशु स्वास्थ्य कार्यालयका कर्मचारी धुर्बराज ज्ञवालीले जिम्मेबारीका हिसाबले कार्य क्षेत्र फरक रहेता पनी यहाका किसानलाई आफ्नो तर्फबाट सेबा गर्न तयार रहेको बताउनुभयो । उहाले मुलुकमा भएको राजनितिक परिबर्तन संगै किसानको आय आर्जनमा बृद्धी हुने खालका योजनाहरु आउने बिश्वास गर्नुभयो ।
कार्यक्रममा सबै भन्दा बढी शेयर राख्ने, पशु बिमा गराउने, नियमित बचत गर्ने लगायत बिभिन्न ५ बिधामा ५ जना शेयर सदस्यहरुलाई नगद राशी र अबिरले सम्मान गरिएको छ ।
कार्यक्रममा बोल्ने बक्ताहरुले यहाको स्थानिय निकायले कृषि र पशु पालनका क्षेत्रमा आत्म निर्भर हुने खालका योजना ल्याउनुका साथै कार्यान्वयन गर्नु पर्ने बिचार व्यक्त गरेका थिए । हाल यो सहकारीमा २५६ शेयर सदस्य रहेका छन ।
कार्यक्रममा सहकारीका शेयर सदस्यहरु, बुद्धिजिबी, समाजसेबी, अन्य सहकारीका प्रतिनिधि, सुरक्षाकर्मी लगायत गरी २५० बढीको उपस्थिती रहेको थियो ।
सहकारीका अध्यक्ष धर्मराज शर्माको अध्यक्षता, उपाध्यक्ष एकनारायण भट्टराईको स्वागत मन्तव्य रहेका कार्यक्रमको सञ्चालन सहकारीका सचिब बोदराज भट्टराईले गर्नुभएको थियो ।
३० पुस २०७४ आइतबार ००:००
0
Shares
प्रतिक्रिया