नवलपरासी, ३० पुस ।
नवलपरासीको (बर्दघाट सुस्ता पूर्व) मध्यबिन्दु नगरपालिका– ११ मा फेला परेको गोहीलाई उद्धार गरिएको छ ।
स्थानीय श्री डिष्ट्रिलरी प्रालिको हाताभित्र फेला परेको करिब दुई फिट लम्बाइ रहेको बयष्क घडियाल गोहीलाई उद्धार गरी नारायणी नदीमा छाडिएको हो ।
शनिबार स्थानीयले गोहीलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए । सेक्टर वन कार्यालय अरूणखोला, सशस्त्र प्रहरी चोरमारा, प्रहरी चौकी अरूणखोला र नेपाली सेनाको टोलीले उक्त गोहीलाई मध्यबिन्दु– १५ मा पर्ने नारायणी नदीमा लगेर छाडेको सेक्टर वन कार्यालय अरुणखोलाका इन्चार्ज अरुणकुमार मित्रले जानकारी दिनुभयो ।
नारायाणी नदीबाट आहारा खोज्दै गोही आएको हुनसक्ने अनुमान गरिएको मिश्रले जानकारी दिनुभयो । करिब साढे दुई फिट लम्बाइ रहेको बयष्क घडियाल गोही फेला परेको थियो । (रासस)
३० पुस २०७४ आइतबार ००:००
0
Shares
प्रतिक्रिया