८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

माघी खिचडी महोत्सव हेर्न आउँने दर्शकको उल्लेख्य घुँइचो, महोत्सवको आज अन्तिम दिन



मायादेवी अनलाइन, बुद्धभुमि, २९ पुस ।
थारु समुदायको नयाँ वर्ष एवम महान पर्ब माघीको अबसरमा गोरुसिङ्गेमा आयोजित आठौ माघी महोत्सबको शुक्रबार उलेख्य सर्वसाधारणले अवलोकन गरेका छन । विहिबार भब्य समारोहका बिच गोरुसिङ्गे स्थित खुल्ला प्राङगणमा समुद्घाटन गरिएको महोत्सवको चहलपहल बढेको हो ।
‘माघी महोत्सबमे थारु संस्कृतीके उमगं, थारुनके समुन्नती संघिय संरचनाके संह’ महोत्सबको मूल नारा तय गरिएको छ । शुक्रबार राष्ट्रिय स्तरका कलाकार खेम थारु, गणेश चौधरी, केशवराज महतो, किमान्त चौधरी लगाएतका कलाकारले दर्शकलाई भरपुर्ण मनोरञ्जन प्रदान गरेका थिए । यस्तै शनिबार महोत्सवको अन्तीम दिन पनि विभिन्न सांस्कृतीक कार्यक्रमको आयोजना गरिने संचारकर्मी श्याम सिटी जानकारी दिनु भएको छ ।
माघी महोत्सवमा मुख्य गरी हरी नारायण थारु, श्रीनिवास थारु, दिपेन्द्र थारु, श्याम सिटी लगाएतका कलाकारहरुको प्रस्तुती रहनेछ ।
महोत्सवमा थारु जातिको भाषा, कला, संस्कृति झल्किने विभिन्न सामग्रीहरुको प्रदर्शनी, थारु खानाका परिकारहरु रादिएको छ । महोत्सवमा थारुखानाका विभिन्न ८ वटा स्टलहरु रहेका छन् । महोत्सवमा थारु संस्कृति झल्कने झुमरा, झर्रा, लाठी नाच, मयुर नाच, सजनी विरहनी, रेकर्ड डान्स प्रतियोगिता पनि भैरहेको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २९ पुस २०७४ शनिबार ००:००  ४ : २३ बजे