काठमाडौ, २८ पुस ।
मन्त्रीपरिषद् बैठक आज बस्ने भएको छ । बिहान नौ बजेपछि बस्ने बैठकले प्रदेश प्रमुख र प्रदेशको अस्थायी केन्द्र तोक्न गृहकार्य गरेको छ । कर्मचारीको स्वेच्छिक अवकाश प्रक्रियाको थालनी गर्नेसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको छ ।
शुक्रबार बस्ने मन्त्रिपरिषद् बैठकले सामान्य प्रशासन मन्त्रालयबाट पेस भएको कर्मचारीको स्वेच्छिक अवकाश सम्बन्धी प्रस्तावलाई स्वीकृत गरेपछि स्वेच्छिक अवकाशसम्बन्धी प्रक्रिया सुरु हुने मन्त्रालयले जनाएको छ ।
सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सहसचिव शिवराम न्यौपानेले स्वेच्छिक अवकाशसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत हुनासाथ शुक्रबार नै राजपत्रमा सूचना प्रकाशन गरी कार्यान्वयन गर्ने तयारी गरिएको जानकारी दिनुभयो । कर्मचारी समायोजन ऐनअनुसार ऐन जारी भएको तीन महिनाभित्र स्वेच्छिक अवकाशका लागि सूचना जारी गर्नुपर्ने प्रावधान छ ।
२८ पुस २०७४ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया