८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

मधुवनधाममा बराह पुराण महायज्ञको शुभारम्भ



मायादेवी अनलाइन, वाणगंगा, २८ पुस ।
कपिलवस्तु वाणगंगा नगरपालिका वडा नम्बर ८ को मधुवनधाममा बराह पुराण तथा धनधान्याञ्चल महायज्ञ शुरु भएको छ । नेपालको ऐतिहासिक एवम धार्मिक महत्वपूर्ण स्थलहरु र नेपालकै गैरवमय इतिहासको व्याख्या गरिएको महायज्ञ माघ ४ गते सम्म चल्ने भएको छ । कपिलवस्तुमै पहिलो पटक धार्मिक पर्यटन प्रवर्धनमा जोड दिदै बराह पुराण सुरु भएको हो । महायज्ञमा प्रमुख बाचकका रुपमा मधुवनधामका प्रमुख समेत रहनुभएका श्री १००८ स्वामी बिवेकानन्द सरस्वती महाराज हुनुहुनेछ । महायज्ञ शुरु हुनु पूर्व वडा नम्बर ८ का विभिन्न गाउँगाउँबाट भक्तजनहरु कलशयात्रामा निस्किएका थिए । कलशयात्रा विभिन्न स्थानमा पुगि सभामा परिणत भएको थियो ।

उक्त महायज्ञको समुद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य चक्रपाणी खनाल ‘बलदेव’ ले अरु जिल्लाको तुलनामा अविकसित भएर पनी कपिलबस्तु जिल्ला प्राचिन मौलिक महत्व बोकेको जिल्ला भएको बताउनुभयो । खनालले जिल्लाको पुर्वि भाग देखि पश्चिमि भाग सम्म पर्यटकिय स्थलले भरिभराउ कपिलवस्तु जिल्ला प्रचार प्रसार र प्रयाप्त स्रोत साधनको अभावमा पछाडि परेको बताउनु भएको थियो । उहाँले मधुवनधाम लगायतका धामहरुको एकिकृत बिकास आफनो पहिलो प्राथकिकता रहेको औल्याउनु भयो । जिल्लाको बिकासका लागी प्रयटकिय स्थल लाई सदुपयोग गरी प्रयाप्त पर्यककलाई भित्राउन सकिने सम्भावना प्रवल रहेको प्रष्ट पार्नुभयो ।

समुद्घाटन कार्यक्रममा शान्तिकुञ्ज मधुवन धमका सल्लाहाकार पोमनारायण पौडेलले मधुवनधामको ऐतिहासिक एवम् पुरातातित्वक महत्व बोकेको बताउनुभयो । महायज्ञमा शिवचन्द आचार्य, धर्म हवज कुँवर, यादव घिमिरे, भिष्मराज भुसाललगायतले मन्तव्य राखनु भएको थियो । कार्यक्रम चुरामणी अर्यालको अध्यक्षता र संस्थाका सचिव डिल्लीराज रेग्मी र मोहन अधिकारीको सचालनमा रहेको थियो ।

प्रकाशित मिति : २८ पुस २०७४ शुक्रबार ००:००  २ : ४२ बजे