मायादेवी अनलाइन, वाणगंगा, २८ पुस ।
सांसद चक्रपाणी खनाल ‘बलदेब’ले अब बन्ने सरकारले सहकारीलाई प्रमुख आर्थिक मेरुदण्डमा स्थान दिने बताउनुभएको छ । सांसद खनालले सहकारीको बिकासले गाउँ, टोल र शहरको बिकास टेवा पुगेको बताउनुभयो । सिनर्जी सहकारी संस्था लिमिटेडको १० औं बार्षिक साधारणसभा तथा अधिबेशनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
सिनर्जी सहकारीले नमुनाको रुपमा कार्य गरेकोमा उहाँले प्रशंसा गर्नुभयो । छरिएर रहेको पुँजीलाई एकत्रित गरेर लगानी गर्नमा सहकारीले ठुलो भुमिका खेलेको बताउनुभयो ।
साधारण सभामा गत आर्थिक बर्ष २०७३÷०७४ को १ अर्ब माथीको आयव्यय प्रस्तुत गरिएको थियो । आर्थिक बर्ष २०७४÷०७५ कोे लक्ष्य सर्बसम्मत पारित गरिएको छ ।
बिहिबार सम्पन्न साधारणसभामा नया कार्य समितीका चयनका लागी नाम दर्ता गराईएको छ । केही दिन मै सहकारीले नयाँ कार्य समिती पाउने बताईएको छ ।
साधारणसभामा कार्यजिल्ला सहकारी संघका उपाध्यक्ष तेज प्रसाद आचार्यको बिशिष्ठ आथित्यता, स्थानिय सहकारी संस्थाका प्रतिनिधीहरु, सो क्षेत्रका बुद्धिजिबी, समाजसेबी सहकारीका शेयर सदस्य गरी १५०० बढीको उपस्थिती रहेको थियो ।
सहकारीका अध्यक्ष अर्जुन प्रसाद खरेलको अध्यक्षता, उपाध्यक्ष लक्ष्मण बेल्बासेको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सचिब कृष्ण पाण्डेले गर्नुभएको थियो ।
प्रतिक्रिया