८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

साना किसान मोतीपुरको बार्षिक साधारणसभा



मायादेवी अनलाइन, वाणगंगा, २८ पुस ।
साना किसान सहकारी संस्था लिमिटेड बाणगंगा नगरपालिका ७ मोतिपुरको १८ औं बार्षिक साधारणसभा भएको छ । कार्यक्रममा प्रमुख अतिथीको आशनबाट बोल्दै सांसद चक्रपाणी खनाल (बलदेब) ले साना किसानले सामाजिक क्षेत्रमा गरेको कार्यको प्रसंशा गर्नुभयो । सांसद खनालले सहकारीहरुले आर्थिक पाटोलाई मात्र जोड नदिएर सम्पुर्ण समाजको हित हुने कार्यमा लगानी गर्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बाणगंगा नगरपालिकाका वडा नं. ७ का वडा अध्यक्ष बिष्णु गिरी, साना किसान सहकारी संस्था भलवाड शाखाका अध्यक्ष कुमार मधु बेल्बासेको बिशिष्ठ आतिथ्यता, जिल्लाका बिभिन्न स्थानमा रहेका साना किसान सहकारी शाखाका प्रतिनिधीहरुको आथित्यता रहेको थियो ।
साधारणसभामा लेखा समितीका संयोजक बिष्णु गिरीले गत आर्थिक बर्ष ०७३÷०७४ को २४ करोड बराबरको आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । यस्तै आ.व. ०७४÷०७५ को ३० करोढ बराबरको लक्ष्य संस्थाका प्रबन्धक शालिकराम पौडेलले प्रस्तुत गनुभएको थियो ।
बाणगंगा नगरपालिका वडा नं. ७ कैइली बनगाई स्थित जनचेतना निमाविको प्राङ्गणमा सम्पन्न कार्यक्रममा बाणगंगा नगरपालिका वडा नं. ७ र ८ का बुुद्धिजिबी समाजसेबी उक्त सहकारीका सेयर सदस्यहरु गरी २१ सय बढीको उपस्थिती रहेको थियो ।
सहकारीका अध्यक्ष भिम प्रसाद सापकोटाको अध्यक्षता, उपादक्ष राधिका पौडेलको स्वागत मन्तव्य रहेको कार्यक्रको सञ्चालन सहायक प्रबन्धक कमला खनालले गर्नुभएको थियो ।

प्रकाशित मिति : २८ पुस २०७४ शुक्रबार ००:००  १ : ५६ बजे