८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

भव्य समारोहका विच शुरु भयो आठौ माघी महोत्सब



मायादेवी अनलाइन, बुद्धभूमी, २८ पुस ।
थारु समुदायको नया वर्ष एवम महान पर्ब माघीको अबसरमा आयोजित आठौ माघी महोत्सबको भब्य समारोहका बिच गोरुसिङ्गे स्थित खुल्ला प्राङगणमा समुदघाटन गरिएको छ । माघी महोत्सवको समुदघाटन गर्दै थारु कल्याणकारिणी सभाका केन्द्रिय उपाध्यक्ष कन्नुलाल चौधरीले अबको समृद्धीले थारु समुदायको दैनिक जिवनमा परिवर्तन ल्याउन सक्यो भने मात्र संघियता सुदृढ हुने बताउनुभयो ।

स्थानिय प्रदेश र संघिय गरी ३ वटै चरणका निर्वाचन सम्पन्न भएर थुप्रै आदीवासी, जनजाती र थारुहरु निर्वाचित भएकोमा खुसी ब्यक्त गर्दै उपाध्यक्ष चौधरीले थारु समुदायको संस्कृती संरक्षण, रोजगारी र आम्दानीमा पहुच पुगी स्वदेशमै काम गर्न मिल्ने वातावरणको पर्खाईमा थारु समुदाय रहेको बताउनुभयो ।

सोही कार्यक्रममा बोल्दै निर्वतमान सांसद एवम थारु कल्याणकारिणी सभाका केन्द्रिय सल्लाहकार विश्राम प्रसाद थारुले नेपालले अब छिट्टै स्थिर सरकार पाउने र राजनैतिक स्थायित्व संगै सामाजिक र आर्थीक विकास हुने हुदा मुल प्रवाहमा आउन नसकेका जनजाती थारु लाई आयोग बनाएर काम थाल्नु पर्ने स्पष्ट पार्नुभयो ।

थारु कल्याणकारीणी सभाका केन्द्रिय सदस्य भोजराज थारुले माघी पर्व थारुहरुका लागी सबै कामका नया योजना बनाउने अवसरको रुपमा देखा पर्ने बताउनु भयो । यो पर्व थारुका लागी परापूर्वकालदेखी भोली सम्मका लागी महान पर्व हुने तर्क गर्नुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितीका संयोजक नारायण खनाल, बुद्धभुमी नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठ, बुद्ध भुमी नगरपालिका १ कानिमत्त वडा अध्यक्ष कमला थारु, नेपाल आदी आदविासी जनजाती महासंघ समन्यवय परिषदका अध्यक्ष बिमल सारु मगर , बुद्ध भूमी नगरपालिका उपप्रमुख मिरा थारु, नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष बाबुराम खनाल लगाएतले शुभकामना दिनु भएको थियो ।

कार्यक्रमको अध्यक्षता गर्नु भएका कल्याणकारिणी सभाका जिल्ला अध्यक्ष जंजीर थारुले आफ्नो मन्तब्य राख्दै यसपाली थारु बाहुल्य क्षेत्रका स्थानिय तह संग समन्वय गरेर साझा महोत्सवको रुपमा माघीलाई मनाउन पाएकोमा गर्व महशुस भएको बताउनुभयो ।

सभाका सचिव उमाशंकर चौधरीको संचालन र सहसचिव पवन थारुको स्वागतमा भएको कार्यक्रम अवधीमा विभिन्न थारु संस्कृतीका नृत्य तथा गीतहरु प्रस्तुत गरिएको थियो । माघी महोत्सबमे थारु संस्कृतीके उमगं, थारुनके समुन्नती संघिय संरचनाके संह” महोत्सबको मूल नारा तय गरिएको छ । शुक्रबार र शनिबार सम्पूर्ण कार्यक्रम थारु कला र संस्कृती संरक्षणका लागी मनोरञ्जनात्मक रुपमा संचालन गरिने थारु अगुवा श्री निवास चौधरीले बताउनु भयो । माघी महोत्सवमा मुख्य गरी हरी नारायण थारु, श्रीनिवास थारु, दिपेन्द्र थारु, श्याम सिटी लगाएतका कलाकारहरुले प्रस्तुती दिनेछन् ।

महोत्सवमा थारु जातिको भाषा, कला, संस्कृति झल्किने विभिन्न सामग्रीहरुको प्रदर्शनी, थारु खानाका परिकार हरु रादिएको छ । महोत्सवमा थारुखानाका विभिन्न ८ वटा स्टलहरु रहेका छन् । महोत्सवमा थारु संस्कृति झल्कने झुमरा, झर्रा, लाठी नाच, मयुर नाच, सजनी विरहनी, रेकर्ड डान्स प्रतियोगिता रहने बताइएको छ ।

प्रकाशित मिति : २८ पुस २०७४ शुक्रबार ००:००  १ : ३९ बजे