अबिनाश बेल्बासे, बुद्धभुमि, २७ पुस ।
थारु समुदायको महान पर्ब माघीको अबसर पारी सञ्चालन गर्न लागिएको आठौ माघी थारु (खिचडी) महोत्सब आज देखि शुरु हुदैछ । थारु कल्याणकारिणी सभा कपिलबस्तुले विहिबार देखि गोरुसिङ्गेमा महोत्सवको आयोजना गरेको हो । माघी पर्व नजिकिए सँगै यतिबेला कपिलवस्तुका थारु बस्तीमा चहलपहल पनि दिनप्रती दिन बढ्न थालेको छ ।
जिल्लाका बिभिन्न सरोकारवाला निकाय संगको समन्वयमा जिल्लाको गोरुसिङ्गे स्थित थारु कल्याणकारिणी सभाहलकोे प्राङ्गणमा गर्न लागिएको माघी महोत्सव तीन दिन सम्म चल्नेछ ।
थारु कल्याणकारिणी सभा कपिलबस्तुका अध्यक्ष एवं आठौ माघी महोत्सवका संयोजक जंजिर प्रसाद थारुले महोत्सबको तयारी पुरा भएको बताउनुभयो । थारु समुदायको संस्कृती, रहन सहन र परम्परा बारे बुझ्नका लागी पनी महोत्सबको अबलोकन गर्न सम्पुर्ण कपिलबस्तुवासीलाई उहाले आग्रह गर्नुभएको छ ।
माघी महोत्सबको उद्घाटन थारु कल्याणकारिणी सभाका केन्द्रिय उपाध्यक्ष कन्नुलाल चौधरीले गर्नुहुने भएको छ । माघी महोत्सबमे थारु संस्कृतीके उमगं, थारुनके समुन्नती संघिय संरचनाके संह” महोत्सबको मूल नारा तय गरिएको छ ।
महोत्सवमा थारु जातिको भाषा, कला, संस्कृति झल्किने विभिन्न सामग्रीहरुको प्रदर्शनी, थारु खानाका परिकार आदि स्टलहरु रहनेछन् । महोत्सवमा थारु जातिको विभिन्न नाच तथा झाँकीहरुको प्रदर्शन रहनेछ । थारु संस्कृति झल्कने झुमरा, झर्रा, लाठी नाच, मयुर नाच, सजनी विरहनी, रेकर्ड डान्स प्रतियोगिता रहने बताइएको छ । महोत्सवलाई थप मनोरन्जनात्मक बनाउन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने महोत्सब प्रचार प्रसार तथा सास्कृतिक संयोजक श्री निवास चौधरीले बताउनुभयो ।
थारु समुदायको महान पर्ब माघीको अबसरमा माघी महोत्सब आयोजना गर्नाले थारु समुदायको भाषा, कला, संस्कृती र पहिचान स्थापित गर्न महत्वपुर्ण सहयोग पुग्ने थारु समुदायका अगुवा एवं बुद्धिजिबीहरु बताउछन । यसैबीच माघी महोत्सबको अबसरमा कपिलबस्तुका बिभिन्न स्थानमा बिभिन्न क्लब र थारु समुदायका अगुवाहरुले पनी माघी कार्यक्रम गर्ने भएका छन ।
प्रतिक्रिया