पार्वती पाण्डे, कपिलवस्तु, २७ पुस ।
वाणगंगा वेलफेयर सोसाईटी कपिलवस्तुले वुधवार ४ नं जितपुर स्थित पुर्वपश्चिम राजमार्गमा जेब्राक्रसिङ गराएको छ । सडकमा कोहि पनि मानिसहरु दुर्घटनामा नपरुन भनि वेलफेयरले राजमार्गको पुर्व, पश्चिम पट्टी र जितपुर तौलिहवा सडकमा गरि ३ स्थानमा जेब्राक्रसिङ बनाएको वेलफेयर सोसाईटिका अध्यक्ष राजकुमार खाँणले बताउनुभयो ।
सडकमा सवारी साधनको चाँप बढ्दै गएको र सर्बसाधारणलाई बाटो पार गर्न असहज भएको भन्दै संस्थाले सामाजिक भावनाले जेब्राक्रसिङ गराएको वेलफेयरका महासचिव दिनेश क्षेत्रीले जनाउनुभयो । सडकमा जेब्राक्रसिङ राखिए पछि वालवालिका, सर्बसाधारण खुशी भएका छन ।
२०६६ सालमा स्थापना भएको यस क्लवले सामाजिक क्षेत्रमा राम्रो काम गर्दै आएको छ । हाल सम्म यस क्लवले ४ नं जितपुरमा सि.सिटिभी क्यामरा जडान, जितपुरमै शुद्ध खानेपानी, पोल लाइट, प्रतिक्षालय लगायतका दर्जनौ सामाजिक काममा सरिक भएको छ ।
क्लवले यस क्षेत्रमा कोहि पनि युवाहरु लागु औषधमा नपरुन भन्दै लागु औषध सम्बन्धी जनचेतनामुलक कार्य पनि गर्दै आएको छ । साथै खेलकुदको क्षेत्रमा स्थानिय प्रतिभाहरुलाई प्रष्फुटन गर्ने काम गरेको छ । त्यस्तै जिल्लाको सबै भन्दा ठुलो कपिलवस्तु महेत्सवको पनि अगुवाई गरेको छ । जिल्लामा नमुना काम गरेर देखाउने योजना रहेको संस्थाका महासचिव क्षेत्रीले बताउनुभयो ।
२७ पुस २०७४ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया