काठमाण्डौं, २६ पुस ।
सर्वोच्च अदालतले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीमाथि डाक्टर गोविन्द केसीले लगाएको आरोप सम्बन्धी मिसिल सम्बन्धित निकायबाट झिकाउन आदेश दिएको छ ।
नागरिक अभियान्ता डा. केसीले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीमाथि दुई वटा नागरिकता लिएको, नक्कली प्रमाणपत्रका आधारमा जागिर खाएको र त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षण संस्थान आइओएमका डिन शशी शर्मालाई पुनर्वहाली गर्दा आर्थिक चलखेल गरेको आरोप लगाउनुभएको थियो ।
यी आरोपका बारेमा सम्बन्धित निकायबाट आवश्यक कागजात झिकाएर छानविन गर्न इजलासले सर्वोच्च प्रशासनलाई आदेश दिएको छ ।
प्रतिक्रिया