काठमाडौं, २६ पुस ।
अदालतको अवहेलना मुद्दामा पक्राउ परेका गोविन्द केसी सामान्य तारेखमा रिहा हुनु भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको इजलासले केसीलाई सामान्य तारेखमा रिहा गर्न आदेश दिएको हो । सर्वोच्च अदालत आफैंले दायर गरेको निवेदनको पक्षमा पूर्वमहान्यायाधिवक्ता रमनकुमार श्रेष्ठ, उपेन्द्र न्यौपानेलगायतले बहस गनुभएको थियो ।
केसीका तर्फबाट वरिष्ठ अधिवक्ता कृष्ण भण्डारी, सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी, गोपाल सिवाकोटी, ओमप्रकाश अर्याललगायतले बहस गर्नुभयो । दुवै पक्षको बहस सुनेपछि सर्वोच्चले डाक्टर केसीलाई अधिवक्ता सुरेन्द्र भण्डारीको जिम्मामा रिहा गरेको हो ।
प्रतिक्रिया