मायादेवी अनलाइन, कपिलवस्तु, ३ पुस ।
वुद्धरंगशाला ४ नं. जीतपुरमा नवौं कपिलवस्तु महोत्सव सञ्चालन भैरहेको छ । मंसिर २३ गते देखि सञ्चालन भएको महोत्सवमा दर्शकहरुको भिड बढेको छ । “एक्काइसौं शताब्दीको आवश्यकता, युवा उद्यमशिलता” नवौं कपिलवस्तु महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी सञ्चालन गरिएको हो । महोत्सवको नवौं दिन सम्ममा ४ करोड १० लाखको आर्थिक कारोबार भएको महोत्सवका निर्देशक दिनेश क्षेत्रीले बताउनुभयो ।
अहिले सम्म १ लाख ४८ हजार दर्शकले महोत्सव अवलोकन गरेका छन –उहाँले भन्नु भयो । बाणगंगा वेलफेयर सोसाइटीले आयोजना गरेको महोत्सवमा ५ करोड बढिको आर्थिक कारोबार हुने र २ लाख दर्शकले मेला अवलोकन गर्ने लक्ष्य राखेको महोत्सवका संयोजक राजकुमार खाँणले बताउनुभयो । महोत्सवमा स्थानिय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुतीले दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेको थियो ।
आइतवार आधुनिक तथा पप गायक नितेज जंग कुवँर डिजेको प्रस्तुतीले दर्शकहरुलाई निकै मनोरञ्जन प्रदान गरेको थियो । त्यस्तै सोमवार लोक गायिका टिका पुन र आधुनिक गायिका इन्दीरा जोशीको बेजोड प्रस्तुती रहने संस्कृति तथा मनोरञ्जन संयोजक राजन आलेले बताउनुभयो ।
३ पुस २०७४ सोमबार ००:००
0
Shares
प्रतिक्रिया