मायादेवी अनलाइन, ७ कार्तिक ।
लोक आस्थाको महान् पर्व छठ मङ्गलबार देखि विधिवत् रुपमा शुरु भएको छ । कात्तिक शुक्ल चतुर्थी तिथिदेखि शुरु भई सप्तमी तिथिमा उदाउँदो सूर्यलाई अघ्र्य अर्पन गरेपछि विधिवत् रुपमा यो पर्व सम्पन्न हुन्छ ।
यस पर्वका वर्तालुले चतुर्थी तिथिमा घरको पूजास्थललाई पवित्रताका साथ सफासुग्घर गरी स्नान गरी अरुवा अरुवाइन खाने गर्छन् । यसलाई ‘नहाय खाय’ भनिन्छ । पञ्चमीका दिन ‘खरना’ गरिन्छ । यस अवसरमा वर्तालु दिनभर उपवासमा बसेर बेलुकी नयाँ माटोको चुलोमा खीर पकाउँछन् ।
घरमा पूजापाठको क्रममा सोही खीर देवीदेउतालाई चढाइन्छ । सो खीर प्रसादका रुपमा आफू पनि ग्रहण गरिने र परिवार सदस्यका बीचमा वितरण गरिन्छ । सो प्रसाद ग्रहण गरेपछि वर्तालु महिलाको पुनः उपवास शुरु हुन्छ । लगातार ३६ घण्टाभन्दा बढी समयसम्म उपवास गरेर अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य अर्पन गरेपछि छठ पर्वको विधिवत् समापन हुन्छ ।
सन्तानको प्राप्ति, दीर्घायु, आरोग्य र मनोकामना पूर्ण गर्नका लागि यो पर्व मनाइने गरिएको हो । यस पर्वमा छठठ्ी माता र सूर्यको पूजा गरिन्छ । यी दुइटै देवीदेउतालाई प्रशन्न पार्नका लागि कात्तिक शुक्ल षष्ठी उत्तम तिथि भएकाले नै यो पर्व सोही तिथिमा मनाइने गरिएको हो ।
प्रतिक्रिया