८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

टीकापुर बचत तथा ऋण सहकारीद्धारा लाभांश वितरण



धनराज कटेल, कैलाली, १ असोज ।
टीकापुर बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्यहरुलाई ६ दशमलव ५ प्रतिशतका दरले लाभांश वितरण गरेको छ । सो कुरा संस्थाको नवौं वार्षिक साधारण सभामा कार्यकारी प्रमुख प्रकाश शाहले प्रस्तुत गरेको प्रगति प्रतिवेदनमा उल्लेख छ । संस्थामा ३६० शेयर सदस्य छन ।
संस्थाको शेयर पूँजी ४६ लाख ५४ हजार रहेको छ । प्रतिवेदन अनुसार संस्थाले गत आवमा १७ लाख ९ हजार ९१४ रुपैया खुदमुनाफा गरेको छ । संस्थाले खुद मुनाफाबाट शेयर लाभांश कोष, सुरक्षित पूँजी फिर्ता कोष, कर्मचारी बोनस कोष, संस्था विकास कोष, घाटापूर्ती तथा डुबन्त कोष, सामाजिक सेवा तथा कल्याण कोषमा रकम बाँडफाड गर्ने नीति लिएको छ ।
संस्थाले यस आव सम्ममा १ करोड ३१ लाख १७ हजार १९९ रुपैयाँ निक्षेप संकलन गरेकोमा १ करोड ८९ लाख ५ हजार ७८९ रुपैयाँ ऋण लगानी गरेको छ । संस्थाले ब्यापार, कृषि, घरायसी र उपभोक्ता कर्जामा लगानी गरेको प्रतिवेदनमा उल्लेख छ । संस्थाले यसैवर्ष युवा तथा साना व्यवशायी रोजगार कोषबाट ४५ लाख ऋण लिएर शेयर सदस्यहरुलाई लगानी समेत गरेको छ ।
संस्थाले २ हजार १३२ बचतकर्ताबाट दैनिक बचत, साधारण बचत, विशेष बचत र मुद्दती बचत अन्र्तगत बचत गर्दै आएको छ । शनिवार सम्पन्न संस्थाको नवौं वार्षिक साधारण सभाले नयाँ सञ्चालक समिति चयन गरेको छ । संस्थाको अध्यक्षमा सुरेन्द्रकुमार शाह निर्विरोध चयन भएका छन ।
त्यसैगरी संस्थाको उपाध्यक्षमा भरत रावल, सचिवमा धु्रब रावल र कोषाध्यक्षमा महेशप्रसाद कुश्मी निर्विरोध चयन भएका छन । सञ्चालक समितिको सदस्यहरुमा योगेश रावल, लक्ष्मण थापा, निर्मला खड्का, पुष्पराज केसी, बलराम चौधरी निर्विरोध चयन भएको निर्वाचन अधिकृत दण्डपाणी पोखरेलले जानकारी दिएका छन । संस्थाको लेखा समिति संयोजकमा चेतमान खत्री र सदस्यमा जनकराज खड्का र सुरेश रिमाल निर्विरोध चयन भएका छन । ं
संस्थाका अध्यक्ष भीमबहादुर शाहको अध्यक्षमा भएको साधारण सभाको एक समारोहकाबीच टीकापुर नगरपालिकाका मेयर तपेन्द्रबहादुर रावलले उद्घाटन गरेका थिए । उद्घाटन सत्रमा बोल्दै मेयर रावलले सहकारी संस्था साना व्यवशायीको साथी बन्न सफल भएको बताए ।

प्रकाशित मिति : १ आश्विन २०७४ आइतबार ००:००  १ : ०६ बजे